वीरगन्ज, असार । स्थानिय तह निर्वाचन २०७४ का लागि पर्सामा खटेका म्यादी प्रहरीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय पर्साले करिब साढे दश करोड रुपैया“ बाडेको छ ।
पर्सा जिल्लामा कार्यरत एक हजार ४ सय ८१ जना म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पर्साले दश करोड ४९ लाख ४८ हजार एक सय ३ रुपैया“ बाडेको हो ।
पर्सामा खटाइएको एक हजार ३ सय ३७ जना पूरुष र एक सय ४४ जना महिलालाई ७० हजार ८ सय ६३ रुपैयाको दरले रकम बाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहा“ले चैत्र २५ गते देखी असारको २१ गते सम्म (९० दिन) खटे बापत प्रहरी जवान सहरको तलब र राशन गरी एक सय ४४ जना महिला प्रहरीले एक करोड दुई लाख चार हजार २ सय ७२ रुपैया तथा पूरुष म्यादी प्रहरीलाई नौ करोड ४७ लाख ४३ हजार ८ सय ३१ रुपैया बाडिएको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।
बेरोजगार युवा युवतीका लागि म्यादी प्रहरी भर्ना ठुलो अवसरको रुपमा आएको रकम बुभ्mन जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका पर्सा अलौं ४ निवासी रामअयोध्या रामले बताउनु भयो । उहा“ले म्यादी प्रहरी भई ९० दिन खेट बापत करिब ७१ हजार रुपैया“ पाएर ठुलो राहत भएको जानकारी दिनुभयो ।