सि.जी. मोबाइलसको् १०० दिने सटही निति लागू

60

काठमाण्डौं,  असार ।  सि.जी. मोबाइलस् प्रा. लि. ले “१०० दिनको सटही निति” बार फोन (फिचर फोन) मोडेलहरुमा लागू गरेको जनाइएको छ । यस निति अन्र्तगत मोबाइलको कार्यात्मक बिफलता भएको १०० (एक सय) दिन ननाघेको भए अर्को मोबाइल उप्लब्ध गराउने कम्पनीले घोषणा गरेको छ । उक्त सय दिनको गन्ती मोबाइल किनेको वा मोबाइलस क्रियभएको मितिबाट लागू हुने कम्पनीले जनाएको छ ।
यो निति २०७४ असार १५ गते ईस्वी संवत २०१७ जुन २९ बाट सि. जी.मोबाईलस् प्रा. लि.का आधिकारिक विके्रताहरुबाट खरिद गरिएका र सक्रिय भएका फिचर वा बारफोन मोडेलमा मात्र लागू गरिएको कम्पनीले जनाएको छ । १०० दिन सम्म केही समस्या आएमा अर्को सेट प्रदान गरिने कम्पनीको दाबी छ । यो नितिमा थप शर्तहरु लागू हुनेछन् । यो निति नेपालभरि लागू गरिएको कम्पनीले जनाएको छ ।

https://ankushdaily.com/