वीरगन्ज, असार । सप्तरीका बाढीपिडितलाई संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्ला समितीले बुधबार राहत सामग्री पठाएको जनाइएको छ । सप्तरीको बाढी पिडितहरुको सहयोग गर्दै फोरम नेपालको पर्सा जिल्ला समितीले १० लाख भन्दा बढी मुल्यको राहत सामग्री पठाएको छ । राहत सामाग्रीमा फोरमका नेता विजय कुमार सरावगीले उपलब्ध गराउनु भएको ८ लाख मुल्यबराबरका त्रिपाल ५ सय थान, चामल ७५ बोरा लगायत सामान बाढीपिडितहरुका लागि संघीय समाजवादी फोरम नेपाल, पर्साले जुटाएर पठाएको हो ।
उक्त राहतसामग्री २ नम्बर क्षेत्रका क्षेत्रीय सचिव राधाकृष्ण रौनियारको नेतृत्वमा, रोहित बर्णवाल, आशु सर्राफलगायतको टोली वितरण गर्न सप्तरी प्रस्थान गरेको जनाइएको छ । राहत सामग्रीलाइ व्यवस्थीत रुपमा वितरण गर्न आवश्यक सहयोगको लागी पर्सा जिल्ला प्रशासन कार्यालयले सप्तरीलाई पत्राचार समेत गरेको फोरमका नेता यादवले बताउनु भयो ।