बीरगंज, असार । बारा, पर्साका रोगीहरुको चाप रहने बीरगञ्जको नारायणी उप–क्षेत्रिय अस्पतालमा सरुवा रोगका विरामीहरुको संख्या बढेको अस्पतालका कर्मचारी भोला रौनियारले बताएका छन् । गतवर्षको तुलनामा यसवर्ष अस्पतालमा उपचारका लागि सरुवा रोगका विरामीहरु धेरै आएको चिकित्सकहरुले बताएका छन् । बर्षात्को मौषमका कारण दुषित पानी, फोहोरमैला र खानपानमा ध्यान नदिंदा बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडाबान्ता हुने जस्ता समस्या धेरै देखिएको नारायणी उपक्षेत्रिय अस्पतालका डाक्टर एस एन यादवले बताउनुभयो । मेसु साहका अनुसार अहिले दैनिक आउने विरामी मध्ये सरुवा रोगका विरामी धेरै रहेका छन् ।
दैनिक १ सय ५० को हाराहारीमा सरुवा रोगको विरामीहरु उपचारका लागि अस्पतालमा आउने गरेको उहा“को भनाई छ । बालबालिकामा स्वास्थ्य समस्या देखिने बितिकै तुरुन्त स्वास्थ संस्थामा गएर जा“च गराउन सल्लाह समेत मेसु साहले दिनुभयो ।
बालबालिकालाई सरुवा रोगबाट जोगाउन सरसफाई र खानेकुरामा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।