बीरगंज, असार । भारतबाट अवैध रुपमा कुखुराको चल्ला चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवैध कुखुराको चल्ला पक्राउ गरी आवश्यक कारवाहीको लागि पशु क्वारेटाइन चेकपोष्ट सिर्सिया पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शनिवार प्रहरी चौकी महादेवपट्टीबाट खटी गएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउपालिका वडा नं.६ टाउकोमा कार्टुनहरु बोकी ल्याई रहेको अवस्थामा प्रहरी टोलीलाई देखी टाउकोमा बोकी ल्याएको कार्टुनहरु सोही ठाँउमा नै फाली भागेको हुँदा उक्त कार्टुनमा १४४० वटा कुखुराको चल्ला फेला पारी नियन्त्रणमा लिई यस कार्यालयमा ल्याईएकोमा आवश्यक कारवाहीको लागि पशु क्वारेटाइन चेकपोष्ट सिर्सिया पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।