Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

राजपा निर्वाचनमा सहभागि हुन तयार : संयोजक ठाकुर – Ankush Daily

राजपा निर्वाचनमा सहभागि हुन तयार : संयोजक ठाकुर

23

बिजय चौहान
वीरगन्ज,  असार ।  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसंग सरकारले गरेको तीन बुन्दे सहमती कार्यान्वयन गरे स्थानिय तह निर्वाचनमा राजपा सहभागि हुन तयार रहेको बताउनु भएको छ । उहाँले संविधान संशोधनमा समस्या भएकाले अन्य दुई वटा सहमतिलाई सरकारले पुरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
राजपा पर्साले शनिबार पर्साको बहुदरामाई गाँउपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश तथा विरोध सभालाई सम्बोधन गर्दै संयोजक ठाकुरले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा,घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ता सरकारले गरे निर्वाचनमा सहभागि हुने वातावरण बन्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधान संशोधनका लागि आवश्यक दुई तिहाई नपुगेको अवस्थामा सरकारको निर्णयबाट हुन सक्ने कार्यलाई पुरा गरे राजपा स्थानिय तहको निर्वाचनमा सहभागि हुन सक्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले तराईमा स्वास्थ्य र शिक्षामा सरकारले लगानी कम गरेको कारण मधेसी पछि पर्दै भएको आरोप लगाउनु भयो । उहाँले शक्तिको रुपमा रहेको स्वास्थ्य र शिक्षामा जनसंख्याको आधारमा सरकारले लगानी नगरेको कारण मधेसी पछि पर्दै गएको दावी गर्नुभयो ।
राजपा पर्साका संयोजक पुरुषोतमलाल झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका प्रवक्ता एवम् प्रभावशाली नेता विमल श्रीवास्तब, नेजामुदिन समानी, शशिकपुर मिया, लगायतले यथास्थितीमा स्थानिय तह निर्वाचनमा सहभागि नहुने प्रस्ट पार्नु भएको थियो ।
विभिन्न पार्टी परित्याग गरी राजपा नेपालमा प्रवेश गरेकाहरुलाई संयोजक ठाकुरले फूलको माला र अविरको टिका लगाई पार्टीमा स्वागत गर्नु भएको थियो ।
यसै बीच राजपा नेपाल पर्सा क्षेत्र नम्बर १ ले शनिबार पर्साको विन्दवासनीको बर्वामा आयोजना गरेको स्वास्थ्य शिविरको संयोजक ठाकुरले उदघाटन गर्नु भएको थियो । राजपा नेपाल पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष प्रभु यादवको अध्यक्षतामा आयोजित नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै संयोजक ठाकुरले स्वास्थ्य समाजका लागि स्वास्थ्य शरिर आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।
यसै गरी पर्साको पकहा मैनपुरमा आयोगित पार्टी प्रवेश तथा विरोध सभालाई समेत संयोजक ठाकुरले सम्बोधन गर्नुभएको थियो । संयोजक ठाकुरले विभिन्न पार्टी परित्याग गरी राजपामा प्रवेश गरेकाहरुलाई फूलको माला र अविरको टिका लगाई पार्टीका स्वागत गर्नुभएको थियो ।

https://ankushdaily.com/