मनोज शाह
सिमरा बारा, ७ साउन । होटल व्यवसायी संघ बाराले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका दुईवटा सामाजिक संस्थालाई सहयोग गरेको छ । नया“ वर्षका अवसरमा वैशाखमा आयोजना गरेको बारा खाना महोत्सवबाट बचत भएको एकलाख बतिस हजार रुपैया“ मध्ये २० प्रतिशत रकम बराबरको सामग्री संघले हस्तान्तरण गरेको हो ।
महोत्सवको आयब्यय सार्वजनिक गर्न आज सिमरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा रहेको नया“ गोरेटो पूर्नस्थापना केन्द्र र जेष्ठ नागरिक बृद्धाश्रमलाई संघले सहयोग हस्तान्तरण गरेको हो । पूर्नस्थापना केन्द्रमा रहेका लागु औषध प्रयोगकर्ताहरुलाई २५ थान टिशर्ट तथा आप्mनै भवन निर्माणका क्रममा रहेको बृद्धाश्रमलाई ११ बोरा सिमेन्ट बापतको रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए । ‘सडकमै खाउ“, सडकमै रमाऔं’ भन्ने नाराका साथ नया“ वर्ष २०७४ का अवसरमा संघको मूख्य आयोजना तथा स्थानीय विभिन्न संघसंस्थाको आयोजनामा पहिलो बारा खाना महोत्सव सम्पन्न भएको थियो ।
महोत्सव आयोजक कमिटीका अध्यक्ष समेत रहेका होटल व्यवसायी संघ बाराका अध्यष मोहन शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा महोत्सवका सञ्चार संयोजक प्रकाश लम्साल, होटल व्यवसायी संघ बाराका महासचिब शम्भु खड्गी, नया“ गोरेटो पूर्नस्थापना केन्द्रका अध्यक्ष राजकुमार लामा र जेष्ठ नागरिक बृद्धाश्रमका सञ्चालक जीवन कालिकोटे, सामुदायिक विकाससिल क्लबका अध्यक्ष दिनेश पन्त, पत्रकार महासंघ बाराका सचिब तथा प्रेस युनियनका जिल्ला अध्यक्ष गणेश रिजाल, प्रेस चौतारीका बारा अध्यक्ष दिवाकर भण्डारी, सहकारी पत्रकार समाज बाराका सचिब कृष्ण सिग्देल लगायत होटल व्यवसायी संघ बारा तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।