चिरञ्जीवि यादव
पर्सा, साउन । पर्साको सखुवाप्रसौनि गाउपालिकामा आइतबार राती ट्याक्टर पल्टिदा दुई जनाको मृत्यु भएको छ । भारतबाट दर्शनार्थि बोकी आएको ना ५ त ३६३० नम्बरको ट्याक्टर राती १२:१५ बजे गाउपालिको वडा नम्बर ५ सोलखपुरमा अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार रहेका भारत विहार पश्चिमि चम्पारण रक्सौल पंटोका निवासी वर्ष ५० का महेन्द्र पाशवान र वर्ष ९ की पुजा कुमारीको दुर्घटनामा परी मृत्यु भएको हो ।
पर्साको पटेर्वासुगौलि गाउपालिकामा रहेको दुधेश्वर महादेवको दर्शन गर्न भारतबाट दर्शनार्थी बोकी आएको उक्त नम्बरको ट्याक्टर पल्टिदा ट्याक्टरमा च्यापिएर गम्भिर घाइत भएक महेन्द्र र पुजाको उपचारको क्रममा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । सवारी दुर्घटना हुदा ट्याक्टरमा सवार रहेको २५ जना मध्ये ९ जना घाइते भएको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।
घाइते सबैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ट्याक्टर चालक बुनिलाल राम , उनकी श्रीमती सोभा रामको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृत्य पाशवान र पुजाको शव परिक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले बताएको छ । द्रुतगती खराब सडकको अवस्थाको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।