वीरगंज, साउन । रामचन्द्र प्रसाद रौनियारले आयोजना गरेको १० दिने श्रीराम कथा महाज्ञान यज्ञ तथा गायत्री महायज्ञ एवं विशाल दीक्षा समारोह आज सोमवार देखि शुरु भएको छ । यज्ञ समारोहको पहिलो दिन कलश यात्रा माईस्थान पार्कबाट बिहान बाजागाजा र झाकी सहित निकालिएको कलश यात्रा नगरको बिभिन्न भागको परिक्रमा गर्दै घडिअर्वा पोखरीमा जल भरी पुन: यज्ञ स्थल माईस्थामा पुगेको थियो । दस दिन सम्म चल्ने यज्ञमा बिहान सात देखि १० बजे सम्म योग हुने र दिउँसो ३ बजे देखि ७ बजे सम्म भारत मेरठका आर्चाय पंडित जनार्धन तिवारीले रामकथा वाचन गर्ने आयोजकले जनाएको छ ।