Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

जुडोमा नेपाललाई दुई कास्य पदक – Ankush Daily

जुडोमा नेपाललाई दुई कास्य पदक

67

काठमाडौं – थाइल्याण्ड इन्टरनेशनल नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिप २०१७ मा नेपालले दुई वटा कास्य पदक जित्दा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता फुपु ल्हामु खत्री भने पराजित भएकीछिन् ।

इन्द्रबहादुर श्रेष्ठ र उमेश मगरले कास्य पदक जित्न सफल भएकोे टोलीका प्रशिक्षक सूर्य नारायण श्रेष्ठले जानकारी गराएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रेस विज्ञप्तीमार्फत उल्लेख गरेको छ ।

इन्द्रले ६६ केजीमा पदक जितेक हुन् । ९ राष्ट्रको सहभागिता रहेको खेलमा फिलिपिन्सका मेरालेस नाथानिईललाई २.२० सेकेन्डमा वाजारी र ईप्पोनमा पराजित गर्दै इन्द्रले पदक प्राप्त गरेका थिए । इन्द्रले पहिलो चरणमा आयोजक थाईल्याण्डका फुयनसुक कवेतलाई १.२२ सेकेन्डमा वाजारी ईपोन स्कोरमा पराजित गर्दै अघि बढेका थिए ।

क्वाटरफाईनलमा हंङकङका खेलाडी चोईसिङ योङलाई वाजारी ईपोनमा हराएका इन्द्र सेमिफाइनलमा युएईका खेलाडी ओक्सिवाई अलिखानसंग पुरा समय खेल्दै वाजारीको आधारमा पराजित भएका थिए ।

उमेशले ६० केजीमा पदक जितेका थिए । उनी क्यामरुनका खेलाडीसंग पराजित भएपनि कास्य पदक प्राप्त गर्न सफल भए । पहिलो चरणमा आयोजक थाइल्यान्डका जाईवान कुराकोरनलाई वाजारी इपोनमा हराएका उमेशले क्वाटरफाइनलमा भियतनामका न्गुयन होङ्ग संग गोल्डेन स्कोरमा पराजित भएका थिए ।

रिपाचेजमा थाई खेलाडीबाट वाकओभर पाएपछि उनले क्यामरुनका खेलाडी संग प्रतिस्पर्धा गर्ने मौका पाए । क्यामरुनका खेलाडी संग पुरा समय प्रतिस्पर्धा गर्दा १ सिदो पाएका उनले गोल्डेन स्कोरमा अर्को सिदो पाउंदा खेल गुमाउनु पर्यो ।

फुपुसँगै मनिता श्रेष्ठ प्रधान, सुनिता ताम्राकार भने पराजित भएका छन् । ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी फुपु थाइल्याण्डकी सेनाथन ओरापिनसंग पुरा समय खेल्दै २ वाजारीको आधारमा पराजित भइन् । महिला ५७ केजीमा मनिता थाइल्याण्डकी वारासिहा युरिकोसंग इपोनमा पराजित भइन् ।

सुनिता ७० केजी तौल समूहको क्वार्टरफाइनलमा रोकिइन् । पहिलो चरणमा थाइल्इाण्डकी थाम्माफोरन अनोन्गनतलाई हराएर अघि बढेकी सुनिता क्वाटरफाईनलमा लावसकी थिफाकोन सिहामोङ्ग पराजित भइन् । कास्यको लागि भएको रिपाचेजमा सुनिता भियतनामकी खेलाडी थ्रुओङ्ग थि थानह थाउ संग ३.४० सेकेन्डमा ओसाईकोमी ईपोनमा स्कोरमा पराजित भएकी थिइन् ।  (हाम्रो खेलकुद)

https://ankushdaily.com/