केन्याटा पुनः राष्ट्रपति निर्वाचित, विपक्षीद्वारा गरेको प्रदर्शनमा आठजनाको मृत्यु

22

नैरोवी (केन्या),  साउन । केन्याका राष्ट्रपति उहुरु केन्याटा मंगलबारको निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँले ५४.३ प्रतिशत मत प्राप्त गर्नभएको छ भने उहाँको प्रतिस्पर्धि रायला ओडिङ्गाले ४४.७ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

सन् २०१३ देखि राष्ट्रपति रहेका केन्याटाले चुनाव परिणाम घोषणापछि केन्याटाले एकताका लागि आह्वान गर्दै विपक्षी समर्थकहरुलाई भन्नुभयोे, “म तपाइहरूसँगै छु । हामी एउटै गणतन्त्रका नागरिक हौं ।” विपक्षीले परिणाम घोषणा हुनु अघि अस्वीकार गरिसकेको थियो ।

यसैबीच केन्याटाले स्वतन्त्र, निष्पक्ष र विश्वासिलो रुपमा चुनाव गराइएको अन्तर्राष्ट्रिय पर्यवेक्षकले जनाएका छन् ।
परिणाम घोषणा भएसँगै विपक्षीको पकड मानिएको बहुल किसुमु शहर र राजधानी नाइरोबीका किबेरा लगायतका झुपडबस्ती क्षेत्रहरुमा विरोध प्रदर्शन भएका छन् ।

कैयौं ठाउँमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रृ ग्यास तथा गोली चलेको बताइएको छ । मत परिणामलाई लिएर विपक्षीले गरेको पदर्शनमा शनिबार साँझसम्म आठजनाको ज्यान गएको छ । कैयौं पर्यवेक्षकहरुले दश वर्ष अघिको विवादास्पद चुनावपछिको हिंसा दोहोरिन सक्ने अनुमान गरेका छन् । रासस÷ एएफ्पी

https://ankushdaily.com/