वीरगन्ज, साउन ।
बढीको कारण पर्सामा चार जना व्यक्तिको मृत्यु र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । साउन २५ गते देखी २८ गतेसम्म लगातार चार दिन परेको अविरल वर्षाको कारण जिल्लाको विभिन्न क्षेत्रमा भएको डुबानमा परी एक महिला सहित तीन जना पूरुषको मृत्यु हुनुको साथै बाढीले बगाउदा एक जना पुरुष बेपत्ता भएका हुन ।
बाढीमा डुवेर पर्साको जगरनाथपुर गाँउपालिकाको वडा नम्बर ५ मसिहानी निवासी वर्ष ५५ का बाशुदेव हजरा, बेपता भएका जगरनाथपुर निवासी बुनिलाल महतोको शव पनि आज मिर्जापुरमा फेला पर्यो । पर्साको दसौताबाट भारतीय नागरिक वर्ष४० की नुरा खातुनको मृत्यु हुनुको साथै वीरगन्जको शंकराचार्यद्वार नजिकैको सिर्सिया खोलाबाट एक पूरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले पर्साको पकहा मैनपुरको खेसराहाबाट रामस्वरुप माझी खोलाको पानीका डुबी बेपत्ता भएको बताउनु भयो । चार दिनदेखी परेको अविरल वर्षा आइतबार बेलुका देखी रोकिएपछि आजबाट पर्सामा उद्धार तथा राहत वितरण कार्यलाई तिव्रता दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो । उहाँले वर्षाको पानीले पर्साको पदम रोड र गण्डक नहर सडकलाई ठाउ ठाउमा बगाएपछि हुन नसकेको उद्धार तथा राहत वितरण कार्यलाई पानीको सतह घटेपछि विहानै देखी तिव्रता प्रदान गरिएको बताउनु भयो ।
जिल्लाको बाढी प्रभावित क्षेत्रका बासिन्दालाई विहान देखी सुरक्षाका तीन अंगलाई परिचालन गरी उद्धार तथा राहत सामाग्री वितरण कार्यलाई तिव्रता दिएको प्रजिअ घिमिरे जानकारी दिनु भयो । उहाँले विभिन्न राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्था र उद्योगपतिहरुको सहयोगमा बाढि प्रभावितहरुलाई खाद्ययान्न तथा औषधी उपचार सहयोग पुर्याउने कार्य भइरहेको बताउनु भयो ।
यसै बीच जिल्लाको डुबान क्षेत्रमा फसेका बाढी पिडितको सहयोगका लागि पर्साका प्रमुख जिल्ला अधिकारीले उद्धार सामाग्री प्रहरीलाई हस्तान्त्रण गरेका छन् ।
जिल्लाको उत्तरी डुबान क्षेत्रको उद्धाकालागि प्रहरी चौकी महुवन र दक्षिण भेगको उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालय पोखरीयामा ४२ थान ट्युब, ४० बन्डल डोरी, ८ थान टर्च लगायतका सामाग्री बाधिएर जिम्मा लगाइएको प्रहरी नायब उपरिक्षक जोशीले जानकारी दिनुभयो । आइतबार देखि वर्षा रोकिएसंगै पानीको सहत घट्दै गएपछि बाढीको कारण घरबाट विस्थापित भएकाहरु घर फर्कीन थालेको प्रहरीले जनाएको छ । डुबान रहेका क्षेत्रका बासिन्दालाई नजिकैको विद्यालय तथा स्वास्थ्य चौकीको साथै उच्च स्थानमा बास र खानाको प्रवन्ध गरिएको स्थानिय प्रशासनले जनाएको छ । अंकुश दैनिकमा समाचार छ ।