माईस्थानमा हुने गणेश चतुर्थी महोत्सवको तयारी तिव्र

23

वीरगंज,  भाद्र ।
गणेश चतुर्थीको दिन देखि चार दिन सम्म मनाईने माईस्थान गणेश पुजा महोत्सवको तयारी तिव्र गतिमा भईरहको जनाइएको छ । भाद्र ९ गते देखि १३ गते सम्म चल्ने महोत्सवलाई वीरगंज स्थित माईस्थान पार्कमा मनाईने गणेश पुजा महोत्सवकोमा स्थानिय कलाकारहरुले सांगितिक कार्यक्रम समेत दिने आयोजकले जनाएको छ ।
माईस्थान युवा क्लबले आयोजना गरेको महोत्सवमा देशमा शान्ति स्थापना गर्न र दिन दिनै बढदै गएको प्राकृतिक प्रकोपबाट देशलाई बचाउन ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवे बताएका छन् ।
महोत्सवालई भव्य र व्यवस्थित बनाउन माईस्थान युवा क्लबका अध्यक्ष राम गुप्ताको अध्यक्षतामा बैठक बसेको छ ।
बैठकमा महोत्सवका प्रधान आर्चय पंडित पुरुषोत्तम दुवे, क्लबका उपाध्यक्ष दिपक सिंह,सचिव हरिश गुप्ता, सहसचिव आकाश गिरी, कोषाध्यक्ष लखन गुप्ता, सहकोषाध्यक्ष राहुल रौनियार र सदस्य रेखा झाको उपस्थिती रहेको थियो । अंकुश दैनिकमा समाचार छ ।

https://ankushdaily.com/