Home अन्तर्राष्ट्रिय अगस्तमा अमेरिकी बेरोजगार दरमा ४.४ प्रतिशतले वृद्धि

अगस्तमा अमेरिकी बेरोजगार दरमा ४.४ प्रतिशतले वृद्धि

by अंकुश दैनिक
0 views

वासिङ्टन, भदौ । अमेरिकी रोजगार दरमा अघिल्लो महिनाको तुलनामा अगस्तमा ४.४ प्रतिशतले वृद्धि भएको छ ।
अगस्तमा मात्रै एक लाख ५६ हजार अमेरिकीले रोजगारीका थप अवसर पाएका तर यो अघिल्ला बर्षको तुलनामा सन्तोषजनक नभएको अर्थविद्हरूले बताएका छन् ।
अमेरिकी अर्थतन्त्रमा नौ बर्ष पहिले देखिएको आर्थिक मन्दीबाट क्रमश सुधार आएको पाइएपनि अपेक्षाकृत सुधार देखिएको छैन ।

अमेरिकी श्रम विभागले बेरोजगार दर ४.४ प्रतिशत पुगेको छ । जुन र जुलाईमा बेरोजगारको सङ्ख्या घटेर ४१ हजारमा पुगेको थियो । अमेरिकी अर्थतन्त्रको सुधारसँगै गरेको योगदानले यसबर्ष औषतमा एक लाख ७६ हजार रोजगारका अवसर सिर्जना भएको बताइएको छ । रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.