वीरगंज भदौ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नंं. १८ मा वडा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्नु हुदै नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारीले हाम्रो एक मात्र उदेश्य वीरगंज महानगरको विकास रहेकोमा जोड दिनु भयो ।
वीरगंजलाई शुन्दर शान्त, हराभरा तथा स्मार्ट्सिटि बनाउनु आफ्नो लक्ष्य रहेकोमा जोड दिनु हुदै नेता अंसारीले नगरबासील ाई शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतको प्रत्याभुति गराउनु नै एमालेको मुख्य एजेण्डा रहेकोमा जोड दिनु भयो ।
भेलामा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला संयोजक प्रभु हजराले नेकपा एमाले मधेसी जनताको भलो गर्ने पार्टी भएकोले सबैले असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।
नेकपा एमाले विरुद्ध समय समयमा केहि पार्टी तथा व्यक्तिहरुले भ्रम फैलाउदै आए पनि नेकपा एमाले तराई, पहाड, हिमाल सबैकोलागि समान रहेको बताउनु भयो ।
त्यसैगरी वीरगंज महानगरपालिका वडा नं. १२ को मुर्लीमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्षका उम्मेदवार सुरेस गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारी, उपमेयरका उम्मेदवार सोफिया आचार्य, नेताहरु चिरञ्जीवी आचार्य, प्रभु हजरा, इमरान हुसैन, निर्मला देवकोटा, प्रभा खडका, पप्पु सिंह लगायत सयौंको संख्यामा नेता कार्यकर्ताहरुले घरदैलोमा पुगी नगरको विकासको लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भएको थियो । अंकुश दैनिकमा समाचार छ ।