नेता श्रीवास्तवको पार्टी परित्यागले पर्साको राजनीतिकमा नयाँ तरंग

46

बिजय चौहान
वीरगन्ज,  भदौं ।
स्थानिय तह तेस्रो चरण निर्वाचन मनोनयन दर्ताको पूर्व संध्यामा राजपा नेपाल पार्टीका महामन्त्री विमल प्रसाद श्रीवास्तव सहित सयकडौ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेपछि पर्सा जिल्लाको राजनीतिकमा ठुलो उलटफेर भएको छ । नेपाली काँग्रेसबाट वीरगन्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार अजय कुमार द्विवेदीको मुख्य प्रतिस्प्रद्धीको रुपमा मानिएका नेता श्रीवास्तवले राजपा नेपाल पार्टी नै परित्याग गरेपछि जिल्लाको राजनीतिकमा ठुलो उलटफेर भएको हो ।
राजपा नेपालले वीरगन्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार पार्टीका महामन्त्री राजेशमान सिंहलाई बनाएपछि नेता श्रीवास्तव सहित सयकडौ नेता कार्यकर्ताले राजपा पार्टी नै परित्याग गरेपछि काँग्रेसबाट मेयर पदका उम्मेदवार द्विवेदीको प्रतिस्प्रद्धी नै महानगरपालिकामा देखिएको छैन । वीरगन्जको कुम्हालटोल स्थित निजी निवासमा आज अपराह्न्न विशेष भेला बोलाई नेता श्रीवास्तवले पार्टी परित्याग गरेको घोषणा गरेपछि जिल्लाको राजनीतिमा ठुलो तरंग उत्पन्न भएको छ । नेता श्रीवास्तवले आह्वान गरेको भेलामा राजपाका केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष कार्यसमितिका पदाधिकारी सहित पार्टीको विभिन्न पदमा रहेका सयकडौ नेता कार्यकर्ताहरुले राजपा परित्याग गरेको घोषणा गरेका छन् । भेलामा उपस्थित रहेका राजपा नेपाल केन्द्रिय सदस्य शशिकपुर मियाँ, पूरुषोतमलाल झा, जनार्धन सिंह यादव, दिपक तिवारी लगायत सयकडौ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
भेलालाई सम्बोधन गर्दै नेता श्रीवास्तवले राजपा नेपालका केन्द्रिय नेतृत्वले योग्य नेता कार्यकर्ताको उचित मुल्याँकन नगरी स्थानिय तह तेस्रो चरणको निर्वाचनका लागि टिकट वितरण गरेकाले आन्दोलनमा मुख्य योग्दान पुर्‍याएका नेताहरु राजपालाई परित्याग गरेको दावी गर्नुभयो । उहाँले भोली बुधबार भदौं २१ गतेको मनोनयन दर्ता आफु र आफु संगै रहेको नेता कार्यकर्ताहरुले विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराउनु जानकारी दिनु भयो ।
फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष गच्छेदारसंग वीरगन्ज महानगरपालीको अध्यक्ष पदमा उम्मेदवारी दिने सहमती भएको बताउदै नेता श्रीवास्तवले पर्साको ४ सय ७६ ओटै पदकालागि भोली निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउने सहमती भएको जानकारी दिनु भयो ।
भेलामा सहभागि रहेका नेता शशिकपुर मियाँले राजपाले नसलवादी सोचलाई मलजल गर्ने गरी वीरगन्ज मेयरको उम्मेदवार छनौंट गरेको आरोप लगाउनु भयो । उहाँले जुन अनुहारको विरुद्धमा राजपाले मधेस भरी आन्दोलन चलाएको सोही अनुहारलाई उम्मेदवार बनाई आन्दोलनको भावनासंग कुठारा घात गरेको टिप्पणी गर्नु भयो ।
भेलामा उपस्थित रहेका नेता जनार्धन यादवले काम, योग्दान र त्यागलाई मुल्याँकन नगर्ने पार्टीमा बस्नु मधेसीको भावना विपरित भएकाले राजपाबाट अधिकांश नेताले राजीनामा दिएको दावी गर्नुभयो । भेलामा उपस्थित रहेको फोरम लोकतान्त्रिकका पर्सा जिल्ला अध्यक्ष राजु गुप्ताले नेता विमल श्रीवास्तवले भने अनुसार नै पर्सा जिल्लामा उम्मेदवार पार्टीले दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अंकुश दैनिकमा समाचार छ ।

https://ankushdaily.com/