निष्ठावान चाहियो कि धनवान त्यो मतदाताले विचार गर्नुपर्छ : द्विवेदी

47

वीरगन्ज, भदौं ।
नेपाली काङ्ग्रेस पर्साका अध्यक्ष एवम् वीरगन्ज महानगरपालिकाको उम्मेदवार अजय कुमार द्विवेदीले अबको राजनीतिक निष्ठाको हुनु पर्ने धारणा व्यक्त गर्नु भएको छ । उहाँले स्थानिय तह तेस्रो चरणको निर्वाचनमा भई रहेको पैसाको खेलले निष्ठाको राजनीतिकलाई चुनौति दिईरहेकाले वीरगन्ज महानगरपालिकाका सचेत मतदाताले आफनो मतबाट त्यस्ता उम्मेदवारलाई जवाफ दिई निष्ठाको राजनीतिकलाई स्थापित गर्ने बेला आएको बताउनु भयो ।
‘पद, आवसर र टिकटका लागि पार्टी परिवर्तन गर्ने र चुनावका बेला पैसाको बलले चुनाव जित्ने सपना बोकेकाहरुलाई यसै चुनावमा मतदाताले टडकारो जवाफ दिई निष्ठाको राजनीतिकलाई स्थापित गर्ने ’ उम्मेदवार द्विवेदीले विश्वास व्यक्त गर्नु भयो । उहाँले विकासको कुरा गर्ने उम्मेदवारमा राजनीतिक प्रति देश , जनता र लोकतन्त्र प्रती निष्ठा तथा आस्था आवश्यक भएकाले अब मतदातालेपछि निष्ठावान की ? धनवान ? दुवैमा छान्ने वेला आएको बताउनु भयो । रिर्पोटर्स क्लब पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता द्विवेदीले राजनीतिमा लागेका जनताकालागि वलिदानी दिएका, तप गर्नेहरुको हातमा राजनीतिक रहन्छ की रहदैन यसको जवाफ जनताले आफनो मतबाट प्रष्ट्याउने बेला आएकाले वीरगन्ज महानगपालिकाको नगरप्रमुखको उम्मेदवारलाई मत दिदा अब निष्ठावान र वलिदानी दिएका उम्मेदवारलाई मत दिन अपिल गर्नु भयो ।
उहाँले मेरो उम्मेदवारी निष्ठाको राजनीतिकका लागि, देशको राजनीतिक निकास काङ्ग्रेसले मात्र गरेको र वीरगन्ज महानगरपालिकाको विकासपनि काङ्ग्रेसले नै गर्न सक्ने भएकाले काङ्ग्रेसको तर्फबाट मेरो उम्मेदवारी रहेको विचार व्यक्त गर्नु भयो ।
‘ सुन्दर सफा हराभरा देशको मुख्य प्रवेशद्वारको चौतर्फी विकास संगै राष्ट्रको प्रतिष्ठालाई उच्च गर्न, कागजमा सिमित रहेको महानगरलाई हसिलो महानगर बनाउन, वीरगन्जलाई पूर्ण खुल्ला दिसा मुक्त सभ्य सहर बनाउन, गाँउ र शहरको समानुपातिक विकासका लागि, उद्योगी व्यापारीको अधिकारलाई सुनिश्चित गर्दै औद्योगिक क्षेत्रको विकासका लागि, किसानको समस्या समाधानका लागि काङ्ग्रेसको तर्फबाट मेरो उम्मेदवारी हो’ ।
वीरगन्जको बजेटमा किसान र कृषिको आज सम्म चर्चा समेत भएको छैन, आफु विजय भएपछि वीरगन्जको इतिहासमै पहिलो किसान र कृषि विषयमा बजेट बिनियोजित गर्ने उम्मेदवार द्विवेदीले बताउनु भयो । उहाँले ‘वीरगन्जको मेयर पद जित्नेलाई नगरपति भनिनेछ र म नगरपिता भए कुनै वीरगन्जबासीले कही सिर निहुराउनु पर्ने अवस्था सिर्जना नहुने दावी गर्दै नेता द्विवेदीले सारा जिन्दगी निष्ठाको राजनीतिक गरेकाले वीरगन्जवासिको सिर झुक्ने काम नगरिएको छ न गरिन्छ’ वहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बसरुद्दिन अंसारीले वीरगन्जको चौतर्फी विकासकालागि आफनो उम्मेदवारी रहेको बताउनु भएको थियो । त्यस्तै माओवादी केन्द्रका तर्फबाट वीरगन्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार रहेका रोहबर अंसारी, राजपाका तर्फबाट उम्मेदवार रहेका राजेशमान सिंह, सघीय समाजवादी फोरम नेपालका तर्फबाट मेयर पदका उम्मेदवार विजय सरावगी लगायतका उम्मेदवारले युवा स्वरोजगार देखी वीरगन्जको विकास गर्ने उम्मेदवारी दिएको बताए छन् । अंकुश दैनिकमा समाचार छ ।

https://ankushdaily.com/