वीरगन्ज, ३ असोज। प्रदेश नं. २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा मतगणना सुरु भएको छ ।राजनीतिक दलहरुले मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्नु पर्ने अडान राखेका थिए भने निर्वाचन कार्यालयले तत्काल सीसी क्यामेरा जडान गर्न नसकिने भनेपछि मतगणना ढिलो सुरु भएको हो । निर्वाचन कार्यालयका कर्मचारीहरु र राजनीतिक दलहरुका प्रतिनिधिहरुबीच सहमति भएपछि ढिलो गरी मतगणना सुरु गरिएको हो ।
सुरुमा वडा नम्बर १ र ३२ को गणना हुनेछ। यी दुई वडाको गणना सकिएपछि वडा २ र ३१ को सुरु हुनेछ।
यहाँको गणना बिधि यस अगाडि भरतपुर महानगरमा गरिए जस्तै सुरुको वडा र अन्तिमतर्फको वडा मिसाएर दुईवडाको एकपटकमा गणना गर्ने नियम बनाइएको छ। १ वडा र ३२ वडाको मत बाकस गणनास्थलमा पुर्याइएको छ।
भरतपुरमा मत च्यातिएको प्रकरणबाट पाठ सिक्दै गणनास्थललाई अति संवेदनशील क्षेत्रका रुपमा सुरक्षा घेरामा राखिएको छ।