Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

पर्सा कांग्रेस भित्र गम्भिर सन्नाटा परिणाम उल्टो आउने संकेत – Ankush Daily

पर्सा कांग्रेस भित्र गम्भिर सन्नाटा परिणाम उल्टो आउने संकेत

47

वीरगंज, ४ मंसिर ।
मुलुक चुनावमा होमिएका भएतापनि नेपाली कांग्रेस पर्सा भित्र गम्भिर सन्नाटा छाएको छ । दिन–दिनै आ–आफ्नो ताल ले उम्मेदवारहरु घरदैलो मै व्यस्त देखिएको भए तापनि खारीएका पुराना अनुभवी कार्यकर्ताहरु निराश भएर बसेका छन् । अन्य पार्टीमा कार्यकर्ताहरुको खडेरी भईरहेको अवस्थामा नेपाली कांग्रेसमा ठूला जमातले काम नपाएर भौतारिरहेको अवस्था छ ।
नेपाली कांग्रेस भित्र थिती बसाउने ‘काम नगर्नेलाई सस्पेण्ड गर्ने र आफु गर्न नसके आफै सस्पेण्ड हुने’ चिप्ला कुरा गरेर नेपाली कांग्रेस पर्साको सभापति पदमा चुनाव जितेका अजय द्विवेदीले यस्तो जटिल परिवेशमा जिल्ला कार्यसमितिको बैठक समेत बोलाउन सकेका छैनन । उनको देखा सिकी क्षेत्रिय सभापतिहरु र नगर सभापतिहरुले समेत बैठक बोलाएका छैनन् । मुलुक बाम ध्रुवीकरण तर्फ उन्मुख रहेको यस्तो परिवेशमा पर्सामा पार्टी चलायमान नहुनुको पछाडी कसको स्वार्थ कहाँ लुकेको छ बुझ्न गाह्रो भइरहेको अवस्था छ । पर्साका अन्य निर्वाचन क्षेत्रको अवस्था केही हदसम्म राम्रो मानिएको भए तापनि चुनावी कमाण्ड सम्हालेका द्विवेदीको पर्सा क्षेत्र नं. १ को हालत खास्ता छ । निर्वाचन व्यवस्थापन एकदम कमजोर देखिएको यस क्षेत्रका उम्मेदवार अनिल रु·टा काम भन्दा बढी गफ दिने र परनिर्भर भएको कारणले गर्दा पनि यो अवस्था सृजना भएको जानकारहरु बताउछन् । दिन–दिनै पार्टीमा हजारौ व्यक्तिको प्रवेश भईरहेको बनावटी समाचार पढेर खुसी मनाईरहेका रु·टा पुराना बफादार कार्यकर्ताहरु अन्य पार्टीमा पलायन भइरहेको तथ्यसंग बेखबर छन् ।
आफ्नो व्यवस्थापनको कमजोरीको कारणले वीरगंज महानगरपालिकाको मेयर पद गुमाएका अजय द्विवेदीले यो संसदीय निर्वाचनमा विगतको गल्ती सुधार गरेर हिड्नुको साटो किन मौन छन् त्यो बुझि नसक्नु भएको छ ।
भुँईको टिप्न खोज्दा पोल्टामा भएको माल नखसोस भन्ने तर्फ ध्यान दिइएन भने परिणाम उल्टो आउन सक्ने सम्भावना बढेर गएकोछ ।

https://ankushdaily.com/