मधेशलाई लुट्ने नै मधेशका मसिहा बन्न खोजी रहेका छन् : नेता रुंगटा

69

वीरगन्ज, ८ मंसिर ।
पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार नेपाली कांग्रेसका युवा नेता अनिल रुंगटाले वीरगंज महानगरपालिका वडा नं. ८ पानी टंकीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । सासंद उम्मेदवार रुगंटा र क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफले आयोजना गरेको घरदैलो कार्यक्रममा रुंगटाले मधेशवादी दलका नेताहरुले मधेशीलाई नै भ्रमित गर्ने काम गरी रहेको आरोप लगाउनु भएको छ ।
घरदैलो कार्यक्रममा चुनावी सभालाई सम्बोधन गर्दै नेता रुंगटाले भने मधेश आन्दोलन मधेशीको हकहितको लागि नभई व्यक्तिगत स्वार्थ पुरा गर्नको लागि गरिएको थियो । मधेशका मसिहा भनाउने नेताहरुले मधेशी जनतालाई भर्‍या·को रुपमा प्रयोग गरे तर अधिकारको सवालमा नेपाली कांग्रेसले नै अगाडी सरेको उम्मेदवार रुंगटाले बताए ।
६ महिनासम्म मधेश बन्द तथा नाकाबन्दी गरेर निर्मम मधेशीको हत्या गराई अन्त्यमा सिंहदरबारमा शान्तिपूर्ण आन्दोलन के का लागि शुरु गरेका थिए ? भन्ने मधेशी नेता संग प्रश्न गर्दे उम्मेदवार रुंगटाले व्यक्तिगत स्वार्थ पुरा गर्नको लागि मधेश आन्दोलन गरेका हुन भन्ने जनताले बुझ्नु पर्ने बेला आएको बताए ।
“एक तर्फ आन्दोलन र नाकाबन्दी हुन्छ र त्यही आन्दोलनको नेतृत्व गर्ने व्यक्ति डूाईपोर्टको बाटो प्रयोग गरी मानसमान ढुवानी गरेर पहाडी जिल्लाहरुमा पुर्‍याउने काम गर्नेहरु आखिर आफूलाई नै मधेशको मसिया बताउनेहरु मधेशी माथि नै किन ठूलो घात गरेका छन् ?”
मधेश आन्दोलन र नाकाबन्दीको सबभन्दा बढी मार हाम्रै मधेशका जिल्लाहरुमा परे, वीरगन्ज, कलैया, परवानीपुर लगायतको ठाउमा खाद्यान्नको अभाव सृजना गरी त्यही मधेशीका मसिहा बताउनेहरुले पहाडी जिल्लाहरुमा भरपुर पेट्रोलियम पर्दाथ देखि लिएर खाद्यान्न समेत पुर्‍याउने काम गरे त्यो हामी संग लुकेको छैन ।
अन्नत नेपाली कांग्रेसले नै आफनो दुई तिहाई बहुमत पुर्‍याएर एमाले र माओवादीको विरोधका विच मधेश र मधेशीको हकअधिकारको निम्ती संविधान संशोधन गरेर केहि माग पुरा गर्न सफल भयो । उम्मेदवार रुंगटाले मधेशको बाकी रहेको माग पनि कांग्रेसले नै दुई तिहाई बहुमतिय सरकार निर्माण गरी पुरा गर्ने वाचा गर्दे नेपाली कांग्रेसलाई नै भारी बहुमतले विजय गराउन सबैलाई आग्रह गर्नुभयो ।
वडा नम्बर ८ का बुथ सभापती रितेश गुप्ताको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा पूर्व राज्य मन्त्रीमध्ये दुर्गा देवी महतो, समानुपाति उम्मेदवार राकेश सिंह, पार्टीका कोषाध्यक्ष ईम्तियाज आलम, क्षेत्रिय सभापती अरविन्द गुप्ता, तरुण दलका नेता विरेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो । यसैगरी उम्मेदवार रुंगटा र क्षेत्र नम्बर १ कै (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले वडा नम्बर ३२ चोर्नीमा पनि आजै बृहत रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

https://ankushdaily.com/