पर्सामा मतदान अधिकृत र सह–मतदान अधिकृतको तालिम सुरु

37

वीरगन्ज ।
मंसिर २१ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य दोस्रो चरण निर्वाचनका लागि मंगलबार देखी वीरगन्जमा मतदान अधिकृत र सह–मतदान अधिकृतको तालिम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजनामा वीरगन्जको श्रीपुरमा अवस्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यलायमा मतदान अधिकृत तथा सह–मतदान अधिकृतहरुको तालिम सुरु भएको हो ।
पर्सामा रहेका १६७ मतदान स्थल र ३५१ मतदान केन्द्रका लागि आवश्यक ७ सय ३७ जना मतदान अधिकृत र सह–मतदान अधिकृतलाई आज देखी तालिम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
उहाँले तालिममा सहभागि रहेका अधिकृतहरुलाई निर्वाचन ऐन, निर्वाचन संचालन गर्ने तरिका मतपत्रको सुरक्षा, मतदानकेन्द्र निर्माण गर्ने गरिका र मतदान केन्द्रमा अपनाउनु पर्ने सावधानी र संचालनका क्रममा अपनाउने व्यवहारिक पक्ष लगायत विभिन्न विषयमा प्रशिक्षित गरिने बताउनु भयो ।
४ निर्वाचन क्षेत्र रहेको पर्सामा एक लाख ६४ हजार ६२९ जना पूरुष, एक लाख २४ हजार ४०९ जना महिला र १६ जना तेस्रो लि·ी गरी कुल दुई लाख ८९ हजार ५४ जना मतदाता रहेका छन् ।

https://ankushdaily.com/