अब इ ना चली हो उपेन्द्र भैया : नेता क्षेत्री

59

वीरगन्ज ।
नेपाली काँग्रेसका नेता एवम् पूर्व जिल्ला सभापति जनार्धन सिंह क्षेत्रीले मधेस आन्दोलनमा पिटाइ खानेलाई पाखा लगाई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले हुने खानेलाई पैसाकै बलमा टिकट वितरण गरेको आरोप लगाउनु भएको छ । उहाँले आन्दोलनका क्रममा कुटाई खाएका र ज्यान गुमाएकाको परिवारलाई समेत पाखा लगाई उद्योगपति र उनकी श्रीमती, नेताकी श्रीमतीलाई उम्मेदवार बनाएको दावी गर्नु भएको छ ।
नेपाली काँग्रेस पर्साले बिहिबार वीरगन्जको घण्टाघर चोक नजिकैको विपि उद्यानमा अवस्थित रातोबंगला परिसरमा आयोजना गरेको विशाल आम सभालाई सम्बोधन गर्दै नेता क्षेत्रीले ‘पिटाई खइहे मुन्नी श्रीवास्तव आ टिकट मिलि पिन्की यादव के, जनता इ बर्दास्त नाकरी, आन्दोलन करे के आ मरे के वेर दोसर गोडा, आ टिकट मिलि ओकरा जावना के आन्दोलन मे कवनो सहभागिता हिं ना रहे, अब इ नाचली, ऐ उपेन्द्र भइया अब जनता तोहरा के चिन्ह लेले बा,’ भन्नु भयो । उहाँले ‘वीरगन्ज के मितेरी पूलके उपर बैठकके आन्दोलन होई, आ निचेसे माल पास होइर्, मधेसी जनता सब देखेलेबा , कौन–कौन आन्दोलन मे इमान्दार रहे आ कौन कौन आन्दोलन के भजाके खइलक, जनता सब जानतबाटे अबकी वार जनता चुनावमे जबाब दी, आन्दोलन मे मराई गरिब मधेसीके बेटा, नोट छापके नेता रखलसन, वीरगन्ज मे गरिबके रिक्सा,साईकल टांगा ना चली लेकिन औद्योगिक केरिडोरमे उद्योपतिके उद्योग खुब चलल नेता के लेभि बुझाके, हो उपेन्द्र भइया तोहार के आ प्रदिप यादवके वीरगन्जके जनता बढिया से बुझ गइलबाटे, अबकि वार तोहराके चुनाव मे मधेसी जनता निमनसे जावाव दी’ भन्दै ठेठँ भोजपुरी भाषामा क्षेत्रीले भाषण गर्दा त्यहाँ उपस्थित जनसमुदायले जय नेपालको गगनभेदी नारा लगाएका थिए ।
सभालाई सम्बोधन गर्दै नेता क्षेत्रीले मधेसमा मधेसवादी दलको मिटर नै नउठने दावी गर्नु भयो । उहाँले जनतालाई पहाडे तथा मधेसीको नाममा लडाउने र आफ्नै कार्य समितिको उपाध्यक्षमा पहाडी समुदायका व्यक्तिलाई राखी गरेको नौटंकीबाट मधेसी जनता सचेत भएकाले प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई नै भारी बहुमतले जिताउने जनताले मन बनाएकाले मधेसी जनताको मिटर नै नउठने प्रस्ट पार्नु भयो ।
‘पहाडिया मधेसीका फिलि· तुहि करइल, आन्दोलनमे लागल आ जान देवेवाला शहिद के परिवारके साईड लगाके समानुपातिकमे उद्योगपति के मेहरारु आ पहाडिके टिकट देल लोगिन, सब जनता बुझ्ले बाटे आ अब कि बार जनता मुर्ख नाबनी हो उपेन्द्र भइया, “खेतखाई गदहा आ मार खाई जोलाहा” ऐ उपेन्द्र भईया अबकी बार जनता तेल बेचवाके भोट नादि,’ भन्नु भयो ।
उहाँले नेपाली काँग्रेसको झण्डालाई फाली काँग्रेसीलाई फोरमले डराउन खोजेको भन्दै नेता क्षेत्रीले पंचायतको बन्दुक र माओवादीको आतंकले नडराएको काँग्रेसीलाई ब्रोइलर कुखुरा जस्ता फोरमका केटाहरुले के डराउन सक्छन् ? यि फोरम ना फारम ह, ब्रोइलर मुर्गाके फारम, इ काँग्रेसियाके डेरवावेके खोजत वाडनसन, लेडिके गाँछ से सखुवाके गाँछी कहि डेरइलख, होस मे आजालोगन अब जनता ताहनी के खेल बुझगइल बाटे’
पर्साको निर्वाचन क्षेत्र नं.३ को (ख) बाट प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका नेता क्षेत्रीले लोकतन्त्र नै मास्ने दाउमा बाम गठबन्धन लागेको नेपाली जनताले बुझेका कारण तराईका जिल्लामा बाम गठबन्धनका उम्मेदवालाई मधेसी जनताले बहिस्कार नै गरेको अवस्था रहेको दावी गर्नुभयो । मधेसी जनताको अधिकारलाई संविधानमा स्थापित गर्ने संशोधन प्रस्तावलाई असफल पार्ने नेकपा एमाले सम्मिलित बाम गठबन्धनलाई भारी बहुमतले पराजीत गर्ने ठोकुवा गर्नु भयो ।

https://ankushdaily.com/