अपहरण मुद्दाका फरार अभियुक्त भेडियर पक्राउ

48

वीरगन्ज,२ पुस । अपहरण तथा शरिर बन्धक मुद्दाका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नी निवासी सुर्य प्रकास गुप्तालाई अपहरण गरेको अभियोगमा विगत एक वर्ष देखी प्रहरीको खोजि सुचीमा रहेको पर्साको कालिकामाई गाउपालिका १ मुडली निवासी शिवनाथ राउत भेडियरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । २०७३ साल माघ ९ गते गुप्तालाई अपहरण गरी एक करोड ५० लाख फिरौति माग गरेको मुद्दामा फरार रहदै आएका भेडियरलाई पुस १ गते पर्साको छिपहरमाई गाउपालिका–५ भिष्वाबाट विशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले जानकारी दिनुभयो । उहाँले अपहरण तथा शरिर बन्धक मुद्दाका फरार अभियुक्त भेडियर सिमावर्ती भारतीय सहरहरुमा लुकी छिपि बस्दै आएको र कहिले काही रातीको समयमा नेपाल भित्रीने गरेको पूर्व सुचनाको आधारमा राती ९ बजे उनलाई नियन्त्रणमा लिन सफल भएको बताउनु भयो । पक्राउ गरिएका भेडियरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक कानुुनी प्रकृयालाई अगाडी बढाएको उपरिक्षक रेग्मीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पर्साले फरार अभियुक्त पक्राउ गर्ने चलाएको अभियान अन्तरगत तीन महिना भित्र विभिन्न अपराध मुद्दामा वर्षौ देखी फरार रहदै आएको ३६ जना अभियुक्तहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाही प्रकृया अगाडी बढाएको प्रहरीले बताएको छ ।

https://ankushdaily.com/