Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

पर्सा, बारा लगायत तराईका जिल्लाहरूमा चिसाको कारण जनजीवन प्रभावित – Ankush Daily

पर्सा, बारा लगायत तराईका जिल्लाहरूमा चिसाको कारण जनजीवन प्रभावित

125

वीरगंज, २ पुस । पर्सा, बारा लगायत मध्य तराईका जिल्लाहरूमा आईतबार पनि बिहानै देखि घाम नलागेका कारण चिसो बढेर जनजीवन प्रभावित भएको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपात भएसँगै मध्यतराइमा विगत तीन दिनदेखि चिसो अत्याधीक बढेका कारण जनविजन प्रभावित भएको हो । आईतबार पनि बिहानै देखि चिसो बढ्नुका साथै वीरगञ्ज र आसपासको क्षेत्रमा बाक्लो हुस्सु पनि लागेको छ । जल तथा मौसम विज्ञान विभागको सिमरा स्थित फिल्ड कार्यालयका अनुसार आईतबार विहान वीरगंज र यस आसपासको क्षेत्रको न्युनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको छ । चिसो अचानक बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ । तीन दिन देखि बढेको चिसोका कारण विद्यालय जाने कलिला बालबालिकाहरूलाई धेरै समस्या भएको छ । चिसोबाट बच्न मोटो उनीको कपडा लगाउन र झोलयुतm तातो तरल पदार्थ र खानेकुरा खान चिकित्सकहरूको सुझाव रहेको छ । बाक्लो कुहिरोका कारण बाराको सिमरा विमानस्थलको उडान आईतबार तेश्रो दिन पनि प्रभावित बनेको सिमरा स्थित नागरिक उडड्यन कार्यालयले जनाएको छ । यसैगरी ग्रीन सिटी सामुदायिक संस्था र जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी मेरो साथी अभियानले वीरगञ्ज महानगरपालिका वडा नं २० हरपतगञ्जमा दलित विपन्न वर्गलाई न्यानो कपडा तथा कम्बल वितरण गरिएको छ । उक्त न्यानो कपडा तथा कम्बल पाएपछि स्थानीयहरु खुशी भएका छन् । तराईमा बढ्दै गएको चिसोमा विशेष गरेर बालबालिका र जेष्ठ नागरिकहरू चिसोबाट बढी प्रभावित हुने भएकोले उनीहरूलाई लक्षित गरेर न्यानो कपडा वितरण गरिएको ग्रीन सिटी सामुदायिक संस्थाले जनाएको छ । बढ्दो चिसोका कारण जेष्ठ नागरिक र बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । केहीदिनदेखि तराईमा अत्याधिक चिसो बढेपछि सचेतनाको अभावमा स्वास्थ्यमा ध्यान नदिएका कारण सर्वसाधरणमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेको हो । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज हाडजोर्नी रोग विशेषज्ञ डा. सरोज सिंहले चिसोले गर्दा वृद्धवृद्धामा ढाड दुख्ने, घुडा दुख्ने समस्या देखिन थालेको बताए । ‘चिसो बढ्न शुरू गरेपछि न्यानो कपडा नलगाएका कारण वृद्धवृद्धाहरूमा ढाड तथा घुँडा दुख्ने समस्या देखिएको छ ।’ कपडा तताएर सेक्ने, न्यानो कपडा लगाउने र शरीरलाई चिसोबाट बचाउने गर्नुपर्छ । हरपतगञ्जमै आयोजित शिविरमा विरामीहरूको स्वास्थ्य जाँच समेत गरेका डा. सिंहले वृद्धवृद्धाहरूमा हडडी खिईने समस्या देखिएको जानकारी गराए । शिविरमा हाडजोर्नीका ६७ जना विरामीले उपचार गराएका थिए ।

https://ankushdaily.com/