कलैया बजार क्षेत्रलाई व्यवस्थीत राख्न प्रक्रिया अगाडी बढाइएको छ : नगर प्रमुख यादव

64

बारा, ८ पुस ।
कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले कलैया बजार क्षेत्रलाई फोहर मुक्त राख्दै व्यवस्थित गर्ने प्रक्रिया अगाडी बढाइएको बताएका छन् ।
बिभिन्न संस्थाहरुले कलैयाको एभरेष्ट लाँजमा शनिबार आयोजना गरेका नव निर्वाचित जन प्रतिनिधिहरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले कलैया बजार क्षेत्रको फोहर व्यवस्थान गर्न र सडक छेउको अतिक्रमण हटाउन गृह कार्य शुरु समेत भएको बताए ।
बजार क्षेत्रको फोहरलाई समयमै हटाउन र सडकको सवारी जामलाई कम गर्नको लागि नगरपालिकाले गृहकार्य शुरु गरेको र यसको प्रतिफल केही दिनमै देखिने यादवले दावी गरे ।
बजार क्षेत्रको फोहोर सम्म नहटनु र सडक छेउलाई अतिक्रमण गरेर काम गर्नु कार्य बर्षौ देखि हुदै आएकोले यसलाई अन्त्य गर्न केही समय लागेको यादवले प्रष्ट पारे ।
नगर प्रमुख यादवले कलैया उपमहानगरपालिकाको बिकासको लागि आफु सबै पक्षसँग सहकार्य गरेर अगाडी बढने कार्यमा लागेको र अन्य पक्षसँग समेत सहयोगको अपेक्षा रहेको बताए ।
बिगत लामो समय देखि देश राजनितिक संक्रमणबाट गुज्रेको अवस्थामा हालै सम्पन्न भएको प्रतिनिधी र प्रदेश सभाका निर्वाचनबाट निर्वाचित सदस्यहरुले राजनितिक संक्रमणलाई अन्त्य गरेर देश र जनताको बिकासमा लाग्नेमा बिश्वास गरेको उनले बताए ।
कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद रामबाबु यादव, २ बाट निर्वाचित सांसद रामसहायक यादव, जिल्ला समन्वय समिति प्रमुख नवलकिशोर सिँह, उपप्रमुख पवन ब्याहुत, प्रदेश सभा सदस्य बच्चा राउत अहिर, सुन्दर बिश्वकर्मा, ज्वाला कुमारी साह, लगायतलाई समेत आयोजकहरुले सम्मान गरेका छन् । साभार : युवा पोष्ट

https://ankushdaily.com/