प्रहरी निरीक्षक कर्ण सम्मानित

34

वीरगंज, ८ पुस ।
वीरगंजमा रहेका अनाथ तथा अतिविपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने हेतुले वीरगंज युवासमाजले शनिबार एक कार्यक्रमका बीच शैक्षिक सामाग्री प्रदान गरेको छ ।
सरकारले शिक्षालाई निशुल्क गरेको भए पनि सामान्य कापी, कलम, लगायतका सामाग्री आफै खरिद गर्नुपर्ने अवस्था रहेकोमा सो लाई मध्यनजर गर्दै समाजको आयोजनामा यहाँका ४ सय भन्दा बढी बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराइएको हो ।
वीरगंज आर्थीक रुपमा सम्पन्न रहेपनि यहाँ अतिविपन्न तथा पिछडिएका बर्गको पनि बसोबास रहेको र उनिहरुकै सन्तानको शिक्षामा सहयोग पुर्‍याउन सामाग्री उपलब्ध गराइएको समाजका अध्यक्ष कमल चौलागाइले बताउनुभयो । समाजले वीरगंजमा सामाजिक क्षेत्रमा देखिएका विकृति विसंगतिका विरुद्ध सशक्त आवाज उठाउनुका साथै आफ्नै पहलमा सहयोग तथा सामाजिक परिचालनका काम समेत गर्दै आएको छ ।
विर्ता, छपकैयाँ, घुसुकपुर लगायतका क्षेत्रका ४ सय जना विपन्न विद्यार्थीलाई कापी, कलम, इरेजर, पेन्सिल लगायतको शैक्षिक सामाग्री वितरण गरिएको हो ।
वीरगंज नर्सि· कलेज, एभरग्रीन नर्सि· कलेज, मनकामना मावि, कन्चनजंघा, मास्कोट, मुनलाईट, गोल्डेनफ्युचर, न्यु वेभ, ज्ञानज्योती मावि लगायतका विद्यालयले कार्यक्रममा सहयोग गरेका थिए ।
प्रहरी निरीक्षकलाई सम्मान
कार्यक्रमकाबीच वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक अनिष कर्णलाई सम्मान गरिएको छ । वडा प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेदेखि यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था तथा सामाजिक सद्भाव सुदृढ पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक कर्णको सम्मान गरिएको हो ।
शान्ति सुरक्षा चुस्त पार्दै सामाजिक कार्यमा समेत संधै कृयासील रहेर यस क्षेत्रमा सचेतना जगाउने कार्यमा उल्लेखनिय कार्य गरेको भन्दै कर्ण जस्ता प्रहरी अधिकृत भए समाज सुधार हुन समय नलाग्ने विचारे कार्यक्रममा बोल्ने वक्ताहरुले राखेका थिए ।
कार्यक्रममा मार्टिन मोक्तान, श्याम केसी, पुरण प्रधान, नारायणी उपक्षेत्रीय अस्पताल कर्मचारी युनियनका अध्यक्ष हरी गुप्ता लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईको सभापतित्वमा सम्पन्न भएको हो ।

https://ankushdaily.com/