पर्साको ठोरी ३ नम्बर प्रदेशमा गाभियो : प्रचण्ड

66

वीरगंज, १० पौष ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पर्साको ठोरी गाउँपालिकालाई ३ नम्बर प्रदेशमा समायोजन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । सोमबार बिहान ठोरी र भारतको सीमा अवलोकन गर्न आएका प्रचण्डले ठोरीका स्थानीय बासीहरुलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । स्थानीय निकायको निर्वाचन भन्दा अघि नै प्रदेश समायोजनको बिषयमा ठोरीलाई ३ नम्बर प्रदेशमा समायोजन गर्न प्राय सवै राजनितिक दलका बीचमा सहमति भईसकेको भएपनि अन्तिम क्षणमा आएर चुनाव सम्पन्न गर्नैपर्ने बाध्यताको कारण त्यतिबेला स्थगित भएको र अहिले ठोरी बासीको चाहना अनुरुप आफू अघि बढ्ने उनले बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने म ठोरी गाउँपालिकामा प्रवेश गर्दै गर्दा सबैको मुखबाट एउटै आवाज सुनें, त्यो हो ठोरीलाई प्रदेश नम्बर ३ मा समाबेश गर्नुपर्यो, त्यसैले यो बिषयमा म सबैको अगाडी प्रतिबद्धता ब्यक्त गर्छु, अब ठोरी प्रदेश नम्बर ३ मा समाबेश हुन्छ । साथै उनले ठोरी नाकालाई त्रिदेशिय मार्ग निर्माणको एउटा उपयुक्त बिन्दुको रुपमा लिएको पनि बताएका छन् । उनले भने आज म बिशेष गरी ठोरीको सीमावर्ती नाकाको अवलोकन गर्न यहाँ आएको हुँ, ठोरीबाट चीन संगको सीमा नाका केरुङ जोड्ने राजमार्गको लागि सम्पुर्ण प्रकृया अघि बढिसकेको छ । यो त्रिदेशीय मार्गले ठोरी बासीमात्र होइन सम्र्पुण नेपाललाई समृद्ध बनाउन एउटा पुलको भुमिका खेल्दछ ।
सम्बोधनको क्रममा उनले भने निर्वाचनमा बिजयी भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओली केरुङ जानुभएको थियो र संयोगवश म ठोरी आईपुगेको छु । हाम्रो यो उपस्थितीले ठोरी केरुङ राजमार्ग निर्माणको ढोका पनि खुलेको छ । ठोरी गाउँपालिकाको बनशक्ति मन्दिर परिसरमा भएको कार्यक्रममा दाहाल पत्नी सीता, नेकपा माओबादी केन्द्रकी केन्द्रिय सदस्य उर्मिला अर्याल, ठोरी गाउँपालिकाका प्रमुख पीएल श्रेष्ठ, पर्सा जिल्ला समन्वय समितिका उपाध्यक्ष ठाकुर न्यौपाने, नेकपा एमालेका नेता देवी ज्ञावाली, घनश्याम महत, लाल बहादुर श्रेष्ठ, माओबादी केन्द्रका युवा नेता रहवर अन्सारी लगायतका नेता कार्यकर्ताहरु र ठोरी गाउँपालिका र चितवन जिल्लाका सयौं सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।
बिहान ९ बजे ठोरी टाउन आईपुगेका दाहालले ठोरीको सीमानाका र साबिक ठोरी र निर्मलबस्ती जोड्ने पुलको बिशेष चासोका साथ अवलोकन गरेका थिए ।

https://ankushdaily.com/