तेली समुदायका जनप्रतिनिधिहरुलाई  तेली कल्याण समाजद्वारा सम्मान

45

वीरगंज, १५ पुस ।
तेली कल्याण समाज पर्साद्वारा विभिन्न तहमा निर्वाचित जनप्रतिनिधीहरुलाई एक भव्य समारोह बीच सम्मान गरिएको छ ।
वीरगंजको होटल मकालुमा आयोजित एक कार्यक्रममा २ जना सांसद, ६ जना प्रदेश सभा सदस्य, १ जना मेयर सहित २१ जना तेली समुदायबाट जितेकाहरुलाई सम्मान गरिएको तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहले बताए । सम्मानित हुनेहरुमा सांसद प्रमोद साह सर्लाही, प्रभु साह रौतहट, प्रदेश सभा सदस्य गौरीशंकर साह तेली सर्लाही, राजेश्वर साह तेली पर्सा, पारस साह तेली बारा, बहुदरामाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साह तेली, पुनिलाल साह तेली, अनिल प्रसाद साह तेली, श्रीमति रामावति देवी तेलिन, पन्नालाल साह तेली, रामजी साह तेली लगायतलाई कदर पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

https://ankushdaily.com/