विभिन्न मुद्दामा फरार अपराधीहरु गिरफ्तार

23

वीरगंज, २० पुस ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिभिन्न मुद्दामा फरार रहेका चार जना अपराधीलाई गिरफ्तार गरेको छ । सवारी ज्याँन मुद्दाका दोषी पर्सा बिजवनिया–६ बस्ने २० बर्षीय नजमुल्लाह राउत गद्दी, जबरजस्ती करणी मुद्दामा फरार रहेका रौतहट, औरैया ७ हाल ईशनाथ नगरपालिका–३ बस्ने ४५ बर्षीय शम्भु कुमार यादव, अपहरण तथा शरिरबन्धक मुद्दाका फरार अभियुक्त पर्सा मुडली–४ का ६० बर्षीय प्रित पंडित कुम्हार र सोही ठाउा बस्ने ३५ बर्षीय जयनारायण पंडित कुम्हारलाई गिरफ्तार गरेको पर्सा प्रहरीले जनाएको छ । बिभिन्न मुद्दामा आरोपित यी अपराधीहरु अदालतको फैसला पश्चात फरार भई लुकीछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जनाएको छ ।

https://ankushdaily.com/