Notice: Undefined index: line in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

Notice: Undefined index: cy in /home3/ankushda/public_html/wp-content/uploads/2018AfNct.log on line 2

वीरगन्जलाई राजधानी बनाउन माँग गर्दै प्रदर्शन – Ankush Daily

वीरगन्जलाई राजधानी बनाउन माँग गर्दै प्रदर्शन

53

वीरगन्ज,२० पुस ।
२ नं. प्रदेशको राजधानी वीरगन्जमा बनाउन माग गर्दै बिहिबार वीरगन्जमा प्रदर्शन गरिएको छ । राष्ट्रिय राजनीतिक वा अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने वीरगन्जलाई नै प्रदेशको प्रान्तिय राजधानी बनाउनु पर्ने माग गर्दै वीरगन्जमा प्रदर्शन भएको हो ।
विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, नागरिक समाजका अगुवा, युवा, विद्यार्थीहरुको सहभागितामा राजधानीको माग गर्दै वीरगन्जको घण्टाघर चोकबाट निकालिएको जुलुस नगरको विभिन्न स्थान परिक्रमा गरेको छ । वीरगन्जलाई विभेद गर्न पाइदैन, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मुलुककै मुख्य प्रवेशद्वार वीरगन्जलाई राजधानी बनाउ लगायतको नारा अंकित प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो । मधेस आन्दोलनको केन्द्रविन्दु र जन आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने वीरगन्जमा अन्नय स्थानभन्दा बढी पूर्वधार रहेकाले वीरगन्जलाई नै राजधानी बनाउनु पर्ने प्रदर्शनमा सहभागि रहेका बारा जिल्ला निवासी नेपाली काँग्रेसका महासमिति सदस्य लोकेश सिंहले जानकारी दिनुभयो । उहाँले मुलुक संघीयतामा गए २ नं. प्रदेशको राजधानी वीरगन्जलाई बनाउनु पर्छ भन्दै २०७२ सालदेखि नै माग राख्दै आएपनि हाल जनकपुरलाई राजधानी बनाउने षडयन्त्र भएकाले सो विरुद्ध बारा, पर्साका बासिन्दा आन्दोलित भएको बताउनु भयो ।
दलिय भावनाभन्दा माथि उठी पार्टीको झण्डालाई पन्छयाई बारा, पर्सा र रौतहटका वासिन्दा वीरगन्जलाई राजधानी बनाउने अभियानमा लागेको तरुण दल बाराका जिल्ला सभापति समेत रहेको सिंहले जानकारी दिनुभयो । जनताको भावना विरुद्ध गराई जनकपुरलाई प्रान्तको राजधानी बनाइए सो विरुद्ध तीनै जिल्ला आन्दोलनमा उत्रीने नेता सिंहले दावी गर्नु भयो ।
वीरगन्ज नेपालको आर्थिक राजधानी मात्र नभई यहाँ राजधानीका लागि पर्याप्त पूर्वाधार उपलब्ध रहेकाले वीरगन्जलाई नै राजधानी बनाउनु पर्ने प्रदर्शनमा सहभागि रहेका वीरगन्ज महानगरपालिकाका पूर्व अधिकृत शम्भु गुप्ताको भनाई रहेको छ । उहाँले २ नं. प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज रहेको र वीरगन्ज नजिकै अन्तर्राष्ट्रिय विमानस्थाल निर्माण हुन लागेको छ भने आइ.सि, तथा देशकै मुख्य प्रवेशद्वार वीरगन्ज नै रहेकाले वीरगन्जलाई नै राजधानी बनाउनु पर्ने दावी गर्नु भयो ।
वीरगन्जको घण्टाघर चोकबाट निकालिएको जुलुसमा नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री सुरेन्द्र चौधरी, पुर्व सांसद राजकुमार गुप्ता, विचारी यादव लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, नागरिक समाजका अगुवा, युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

https://ankushdaily.com/