कबड्डी प्रतियोगितामा बिजयी शुरुवात

63

वीरगन्ज, २१ पुष ।
वीरगन्जमा शुक्रबार देखि शुरु भएको दोश्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा जिएचपी मावि र विद्या सदन माविले विजयी शुरुवात गरेका छन् ।
संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शुक्रबार देखी सुरु भएको छात्र तर्फको उद्घाटन खेलमा ज्ञान निकेतन माविलाई ४६ अंकले पराजित गर्दै जिएचपी माविले प्रतियोगितामा विजयीको शुरुवात गरेको हो । निर्धारित २० मिनेटको खेलमा जिएचपी माविले ६३ र ज्ञान निकेतन माविले १७ अंक प्राप्त गरेको थियो । उद्घाटन खेलको म्यान अफ दी म्याच जिएचपी माविका सविन यादव घोषित भएका थिए ।
छात्र तर्फ शुक्रबार भएको अर्को खेलमा विद्या सदन मावि विजयी भएको छ । विद्या सदन माविले कादम्बरी एकेडेमीलाइ १० अंकले पराजित गरेको थियो । विद्या सदन माविले २८ अंक प्राप्त गर्दा कादम्बरी एकेडेमीले भने १८ अंक प्राप्त गरेको थियो भने उक्त खेलको म्यान अफ दी म्याच विद्या सदन माविका बरकत अली अन्सारी घोषित भएका थिए ।
यसैगरि छात्रा तर्फ शुक्रबार भएको खेलमा जिएचपि मावि विजयी भएको छ । जिएचपी माविले मिनिल्याण्ड माविलाइ ४० अंकले पराजित गरेको थियो । निर्धारित २० मिनेटको खेलमा जिएचपि माविले ६५ र मिनिल्याण्ड माविले २५ अंक प्राप्त गरेको थियो भने खेलको म्यान अफ दी म्याच जिएचपि माविकी निकिता चौधरी घोषित भएका थिइन् । प्रतियोगितामा शनिवार छात्र तर्फ विद्या सदन मावि र मुनलाइट मावि तथा मिनि ल्याण्ड मावि र कन्चनजंगा मावि बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै छात्रा तर्फ डिएभी आरबी केडिया स्कुल र कन्चनजंगा मावि बिच खेल हुने प्रतियोगिताका संयोजक अमित अग्रवालले जानकारी दिए ।
म्याक्स इन्टरटेन्मेन्ट एण्ड एड्भरटाइजिङले आयोजना गरेको कबड्डी प्रतियोगिताको उद्घाटन अन्चल प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्यायले गरेका थिए । उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक डा.गणेश रेग्मी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य बिजित सोनीले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण हेमन्त तामा·ले गर्नु भएको थियो । पुष २९ गते सम्म चल्ने प्रतियोगितामा वीरगन्जका १० वटा निजी विद्यालयका छात्र र छात्रा गरि १९ वटा टिमले भाग लिएका छन् ।

https://ankushdaily.com/