वीरगञ्ज, २२ पुस ।
वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवामा स्थानीयहरुको सक्रियतामा बौधी माई टोल सुधार समिति गठन भएको छ ।
समितिको शनिबार बसेको बैठकले स्थानीय नरेश यादवको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा चन्द्रिका साह, सचिवमा राम जिनिस चौरसिया, सह सचिवमा रामबालक कुर्मी, कोषाध्यक्षमा जयनारायण पाल लगायतका व्यक्तिहरु रहनुभएको थियो ।
सदस्यहरुमा श्याम बिहारी कुर्मी, मुकेश चौरसिया, दिनेश गुप्ता, रविन्द्र पटेल, रवि गुप्ता, भोला साह लगायतका व्यक्तिहरु रहनुभएको थियो । टोलमा रहेका समस्याहरुको पहिचान गरि सामाधानका निम्ति पहल गर्ने अध्यक्ष नरेश यादवले बताउनुभयो ।