१७ साउन, काठमाडौं । चोरीको आरोपमा दुर्इ युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले टेन्सन भन्ने २१ वर्षका छेसाङ थोकर र सागर भन्ने २० वर्षका लामा दोर्जे लामालार्इ पक्राउ परेको हो ।
उनीहरूमाथि गोकर्णेश्वर न.पा. ८ माकलबारी स्थित पुरुषोत्तम ढुङगानाको घरमा चोरी गरेको अभियोग छ । प्रहरीका अनुसार घरमा कोही नभएको बेला ढोका फुटाई उनीहरूले चोरी गरेका थिए ।
२३ हजार नेपाली र १२ हजार भारूका साथै ७ तोला सुनका गरगहना चोरेर भाग्ने क्रममा उनीहरूले घरधनी पुरुषोत्तम ढुङगानालार्इ कुटपिट गरेका थिए । भाग्ने क्रममा उनीहरूलार्इ फलामको रड २ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उहरूको साथबाट १९ हजार १२५ नेपाली र १० हजार २९० भारू, ७ तोसा सुनका र केही चाँदीक गरगहना समेत बराबद भएको छ ।
२०७३ साउन १७ गते २०:३३ मा प्रकाशित