आसर्नलको प्रस्तावपछि मेहरेज बिचलित भएः लिसेस्टर प्रशिक्षक

28

काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रिनेरीले भनेका छन् कि आर्सनल प्रशिक्षक आर्सेन वेंगरलेले चासो लिएसँगै आफ्ना विंगर रियाद मेहरेज बिचलित भए ।

२५ बर्षीय मेहरेजसँग आर्सनलको सम्झौता हुने संभावना बलियो भनेको बताइएको छ । तर प्रशिक्षक रिनेरीले भने पहिलादेखि नै भनिरहेका छन् कि ‘अज्लेरियाका स्टार लिसेस्टरमै रहन्छन् र उनी यहाँ रहनुमा निक्कै खुसी छन् ।’

यद्यपी रिनेरीले भने, ‘इन्टरनेशसन च्याम्पियन्स कपमा पेरिस सेन्ट जर्मीनसँगको पराजयपछि खेलाडीहरु केही परिवर्तित भएका छन् ।’

‘रियाद सायद यस्ता थुप्रै अफवाह र अन्दाजहरुबाट बिचलित भएका छन् । तर यो पनि हाम्रा खेलाडीहरुका लागि एउटा अनुभव हो ।’ पत्रकार सम्मेलनमा रिनेरीले भने ।

उनले थपे, ‘यो निक्कै महत्वपूर्ण छ कि उसले पनि बुझेको छ । हामीसँग रहन र पछिल्लो सिजनमा जस्तै प्रदर्शन गर्नका लागि उसले आफ्नो फिटनेसमा सुधार ल्याउनुपर्ने हुन्छ ।

आर्सनल प्रशिक्षक बेंगर लस एन्जलसमा लिसेस्टरको खेल हेर्न पुगेका थिए र मेहरेजलाई सब्सिच्युड गरिएपछि मैदानबाट बाहिरिएका थिए ।

खेलपछि मेहरेजबारे सञ्चारमाध्यममा कुरा गर्दै वेंगरले भने, ‘पक्कैपनि हामीले धेरै खेलाडीहरुलाई वाच गरिरहेका छौं । तर हामीले इन्टरनेशनल च्याम्पियन्स कपमा अघिल्लो खेल लिसेस्टरसँग खेल्दैछौं र पक्कैपनि उनीहरुलाई देख्ने मौका मलाइ हुनेछ ।

२०७३ साउन १८ गते १२:३४ मा प्रकाशित

https://ankushdaily.com/