चलचित्र निर्देशक यादब खरेलको संयोजकत्वमा

25

अर्जुन पोखरेलको संगीत र प्रमोद खरेलको स्वर रहेको ‘ओइ झुमा, झुम्कावाली’ बोलको गीत युट्युबमा राखेको ६ महिनामा १५ लाख बढीले हेरेका छन् ।
तन्नेरी पुस्ताको जमघट हुने हरेक पार्टीमा यही गीतले स्थान पाउछ । तर, यो गीतको कम्पोज सुनेर सुरुमै गीतकार सितल कादाम्बीनिले आपत्ती जनाएकी थिइन् ।
अर्जुन भन्छन्-‘प्रमोदजीसँग कुरा भएपछि शित्तल दिदीले शब्द दिनु भयो, मैले कम्पोज गरेर सुनाएँ तर, दिदीले भएन भन्नु भयो ।’

अर्जुन आफ्नो कम्पोजप्रति ढुक्क थिए । उनले कादाम्बीनिलाई भने-‘दिदी सधै एउटै प्याटर्नमा काम गर्दा मज्जा आउदैन, मैले अलिकति रोमान्टिक बनाएको छु ।’
त्यसपछि फेरि म्युजिक सुनेपछि कादाम्बीनिले सहमती जनाइन् र प्रमोदले गीत गाएका थिए ।

प्रमोदले रिजेक्ट गरेका थिए अर्जुनको संगीत
अर्जुन पोखरेलका अनुसार अनुराग संगीत विद्यालयमा उनी संगीत सिकाउथे । त्यही दिउँसोमा संगीत सिक्न जान्थे प्रमोद खरेल पनि । त्यही क्रममा उनीहरुको चिनाजानी भएको थियो ।

अर्जुनले प्रमोदलाई थुप्रै गीत सुनाए । सुनाएका मध्ये दुइवटा गीत प्रमोदले मोबाइलमा रेकर्ड गरेर भने-‘अर्जुन जी यो गीतलाई राम्रो कम्पोज गरेर गाउनुपर्छ, म गाउछु ।’

तर, त्यो गीत आजसम्म आएको छैन । तर, पनि कुनै गुनासो छैन अर्जुनको । भने-‘सायद उहाँलाई त्यो गीत मन परेन होला । मैले दिने बित्तिकै राम्रो हुन्छ भन्ने पनि कहाँ हुन्छ र ? उहाँको सोचाई अनुसार बनाउन सकेको थिइनँ की ।’

प्रमोदसँग उनको भेटघाट भने जारी थियो । अर्को भेटमा अर्जुनले भने-‘प्रमोद जी तपाईको स्याड गीत धेरै भयो, स्टेजको गीत पनि खासै छैन । एउटा रोमान्टिक गीत गरौं ।’ प्रमोदले हुन्छ भने र अर्जुनले संगीत गरे । अहिले यी दुई एल्बम ल्याउने तयारीमा लागेका छन् ।