मारियो गोट्जे र आन्द्रे सर्ले डर्टमुण्डमा आवद्ध

55

काठमाडौं । बुण्डेसलिगा सुरु हुन चार साता बाँकी छ । आगामी सिजनदेखि बोरुशिया डर्टमुण्डबाट खेल्न लागेका खेलाडीहरुले धमाधम स्वास्थ्य परिक्षण गराइरहेका छन् ।

नयाँ अनुवन्ध भएका ६ मध्ये मारियो गोट्जे र आन्द्रे सर्लेले नयाँ सिजनका लागि प्रशिक्षक सुरु हुनुअघि स्वस्थ्य परिक्षण गराएका छन् ।

करीव एक महिना भएको छ गोट्जे र सर्लेसहितको जर्मन टोलीले युरो २०१६ को सेमिफाइनलमा फ्रान्ससँग पराजय ब्यहोरेको । सर्ले उल्फवर्गबाट र गोट्जे बार्यन म्युनिखबाट डर्टमुण्ड गएका हुन् । गोट्जेले यसअघि पनि २००९ देखि २०१३ सम्म डर्टमुण्डबाट खेलेका थिए ।

डर्टबमुण्डले यस सिजन दुई चरणमा गरेर ६ खेलाडीलाई नयाँ अनुबन्ध गरेको छ । यी दुईका अलावा राफायल गुएरेरियो, लुकास पिज्जेक, जुलियन विग्ल र जो हो पार्क छन् ।

२०७३ साउन १८ गते १७:२० मा प्रकाशित

https://ankushdaily.com/