साओमीको ‘एमआई म्याक्स’ स्मार्ट फोन नेपाली बजारमा

61

१९ साउन, काठमाडौं । साओमीले नेपाली बजारमा साओमी एमआई म्याक्स स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । साओमीको नेपालमा आधिकारीक विक्रेताको रुपमा शारदा ग्रुपको सहायक कम्पनी वत्सल इम्पेक्सले यसलाई भित्राएको हो ।

स्मार्टफोन एमआई म्याक्समा ६.४४ इन्च फुल एचडी डिस्प्ले छ । यस्तै कर्नीङ गोरीला ग्लास फोर प्रोटेक्सन, स्न्यापड्रयागन ६५० हेक्सा-कोर , १.८ गीगाहर्ज सिपियु ,३ जीबी र्‍याम, ३२ जीबी रोम र १२ जीबीसम्मको थप मेमोरी कार्ड राख्न सकिने सुविधा छ ।

पछाडि १६ र अगाडि ५ मेघापिक्सेलको क्यामेरा भएको मोबइलमा २ वटा सिमकार्ड प्रयोग गर्न सकिन्छ । फोर जी एटीइ सिडिएमए सपोर्ट भएको र ४८५० एमएएचको झिक्न नसकिने ब्याट्रि राखिएको छ ।

कम्पनीले यो सेटलाई साउन १७ देखि २० गते भोलिसम्म अनलाइनमार्फत बुकिङ उपलब्ध गराएको छ । कम्पनीका अनुसार सुरुमा यसको मूल्य ३२ हजार ९ सय ९९ रूपैयाँ रहेको छ भने श्रावण २१ गतेबाट यसको मूल्य ३४ हजार ९सय ९९ रहनेछ ।

https://ankushdaily.com/