अन्डरग्राउण्ड नाला निमार्ण बारे बिस्तृत छलफल

47

बीरगंज, ८ माघ ।
वीरगंजमा निर्माण भईरहेको अन्डरग्राउण्ड नाला निमार्ण बारे बिस्तृत छलफल भएको छ । एशियाली डेभलपमेन्ट बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको नालाबारे शुक्रबार एडीबीको कार्यालयमा सम्पन्न बैठकमा वीरगंजका बिभिन्न ठा“उमा भईरहेको नाला निर्माणबारे चर्चा भएको थियो । छलफलमा सदभावना वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफले निर्माण सम्रागी र सम्झौता बमोजिम निर्माण भए न भएबारे चासो राखेका थिए ।
छलफलमा नालाबाट ढल र बर्षाको पानी निकास भए मात्र एडीबीको योजना सफल हुने चर्चा गरीयो । छलफलमा करिव ३ अर्बको लगानीमा वीरगंजका २८ ठा“उमा नाला निर्माण कार्य भईरहेको तथा केही ठा“उमा निमार्ण सम्पन्न भइसकेको एडीबीका बरिष्ठ ईन्जिनिएर नागेन्द्र झाले बताए । छलफलमा ईन्जिनियरहरु शैलेन्द्र श्रेष्ठ, सुमन श्रेष्ठ, नया“ शक्ति पार्टीको केन्द्रिय सदस्य मोनिका सिंह, समाजिक अभियन्ता प्रकास थारु, संघिय समाजवादी फोरम वीरगंज नगर सचिव संतोष सर्राफ, नेपाल सदभावना पार्टीका पर्सा सचिव कृष्णा पटेल, पत्रकार सुरेश बिडारी, राकेश साह, सानोपाईलाका राज कुमार, संजय श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/