वीरगन्ज, ८ माघ । वीरगन्जमा जारी अन्तर विधालय नकआउट कबड्डी प्रतियोगिता अन्तर्गत आज भएको छात्र तर्फको पहिलो खेलमा जिएचपी मावि विजयी भएको छ ।
आदर्शनगर रंगशालामा भएको खेलमा जिएचपी माविले ५२ र विद्यासदन माविले ५१ अंक प्राप्त गरेको हो । म्यान अफ दी म्याच विद्यासदन माविका सुरेन्द्र चौधरी घोषित भएका थिए । आजै भएको छात्र तर्फको अर्को खेलमा ग्रेस मावि विजयी भएको छ । त्यसै गरी ग्रेस माविले साउथ जोन माविलाइ हराएको हो । निर्धारित ४० मिनेटको खेलमा ग्रेस माविले ४३ र साउथ जोन माविले ३३ अंक प्राप्त गरेको हो । म्यान अफ दी म्याच ग्रेस माविका गुल्शन साह घोषित भएका थिए । प्रतियोगितामा आजै भएको छात्रा तर्फको पहिलो खेलमा कन्चनजंघा मावि विजयी भएको छ । कन्चनजंघाले माउण्ट मकालुलाइ हराएको हो ।
निर्धारित ३० मिनेटको खेलमा कन्च्नजंघाले ४७ र माउण्ट मकालुले २७ अंक प्राप्त गरेको हो । म्यान अफ दी म्याच कन्चनजंघा माविकी सोनी मोक्ताड्ड घोषित भएका थिए । यस्तै छात्रा तर्फ नै भएको अर्को खेलमा वीरगन्ज पब्लिक स्कुलले ग्रेस माविलाइ हराएको छ । निर्धारित ३० मिनेटको खेलमा बीरगन्ज पब्लिक स्कुलले ७१ र ग्रेस माविले केवल १५ अंक मात्र प्राप्त गरेको हो ।