४८ जना मोतियाबिन्दूका रोगीहरुको निःशुल्क अपरेशन

3

वीरगंज, ८ माघ ।
केडिया आ“खा अस्पताल वीरगंजका चिकित्सकहरुको समुहले लायन्स क्लवको आयोजनामा ४८ जना मोतियाबिन्दूका आ“खा रोगीहरूको निःशुल्क सल्यक्रिया गरिएको छ ।
केडिया आ“खा अस्पतालमै ती विरामीहरुको सफल शल्यक्रिया गरेको कुरा लायन्स क्लव अफ वीरगंज आदर्शनगरका प्रेसिडेन्ट विनय वंशलले जानकारी गराउनु भयो ।
लायन्स क्लवका संस्थापक मेल्विन जोनको सप्ताह व्यापी जन्मजयन्ती मनाउने क्रममा माघ १ गते दुई वटा शिविरमा २६८ जनाको आ“खा परीक्षण पश्चात ६२ जना मोतियाबिन्दूका विरामी फेला परेका थिए । सो अपरेशन गराउन आएका ५८ जना मध्ये ४८ जनाको निःशुल्क अपरेसन गरिएको छ भने केहीलाई रक्तचाप लागयतका कारण अपरेसन गर्न नसकिएको लायन्स क्लवका रिजन चेयर पर्सन उमेश साह कानुले अंकुशलाई जानकारी गराउनु भयो ।
वीरगंजका सम्पूर्ण लायन्स र लियो क्लवको सहयोगात्मक सहभागिता रहेको सो कार्यक्रममा क्लवका एडभाइजर संजय अग्रवाल, राम विहारी पाण्डे, विनित जैसवाल, प्रकाश वाहिती, भवरलाल पारिख लगायतको उपस्थिति रहेको थियो ।