एमालेको नाराबाजीबीच महाअभियोग प्रस्ताव दर्ता

6

२२ वैशाख, काठमाडौं । सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश कार्की्विरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीचमा प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाअभियोगले व्यवस्थापिका संसदमा दर्ता भएकोे छ ।
संसदको शुक्रबारको बैठक सुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरेका थिए । तर, सभामुख ओनसरी घर्ती मगरले शुन्य र विशेष समयको कार्यसूची हटाएको जानकारी गराइन् ।
लगतै एमाले संसादहरु रोष्टम घेराउ गर्न आएका थिए । त्यैपनि महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकिएको जानकारी दिइन् ।
संसद बैठक अघि सभामुखको आहृवानमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर, कार्कीको कार्यकाल सकिनु अघि नै महाअभियोगबारे संसदले निर्णय गर्नु पर्ने एमालेको मागबारे ठोस सहमति भएन । त्यही कारण एमालेले संसदमा नाराबाजी गरेको थियो ।
तर, सभामुखले नाराबाजीका बीच महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकेकी हुन् ।