वीरगन्ज, २१ बैशाख । छोराले अन्तरजातीय बिहे गरेकै कारण पर्साको बहुदरा गाउ“पालिका १ का जमुना साह कलवारलाई प्रहरीले वैशाख १४ गते नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा आठ दिन थुनेको छ ।
कलवारका छोरा २७ वर्षीय रामबाबु साह कलवारले गाउ“कै अलियास देवानकी छोरी २१ वर्षीया सौयादास“ग बिहे गरेपछि त्यही आरोपमा प्रहरीले बेहुला रामाबाबुका बुबा जमुनालाई पक्राउ गरेर आठ दिन थुनामा राखी बिहीबार छाडेको छ ।
प्रेम सम्बन्धमा रहेका रामाबाबु र सौयादाले करिब डेढ महिनाअघि घरबाट भागेर भारतको दिल्लीमा गई मन्दिरमा बिहे गरेका थिए । बेहुलीका बुबा अलियासले रामबाबु र उनका बुबा जमुनालगायतले आप्mनी नाबालिग छोरीलाई ललाई फकाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएपछि प्रहरीले गत वैशाख १४ गते जमुनालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरी थुनामा राखेको थियो ।
डेढ महिना पहिले घर छोडेर भागेका रामबाबु र सौयादाले भारतको दिल्लीस्थित एक मन्दिरमा हिन्दु रीतिरिवाजअनुसार बिहे गरेपछि महोत्तरीको जलेश्वरमा आएर बसेका थिए । जलेश्वरमा बस्दा केटी पक्षबाट अनेक धाकधम्की आउन थालेपछि दुवैजनाले जलेश्वरस्थित जिल्ला अदालतमा गएर गत वैशाख १५ गते श्रीमान् श्रीमतीबीचको नाता कायम गराई कानुनी रूपमा बिहे गरेका थिए ।
बेहुलाका बुबालाई प्रहरीले हिरासतमा लिएर थुनेपछि बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा बेहुला रामबाबु र बेहुली सौयादा हाजिर भएपछि बेहुली पक्षकाले दुवैजनालाई अलग गराउन प्रहरीलाई दबाब दिएका थिए । बेहुला पक्षले बिहे गर्ने उमेर पूरा भई कानुनी रूपमा गरिएको बिहेलाई मान्यता दिन दबाब दिएपछि प्रहरीले बिहीबार दिउ“सो बेहुला र बेहुलीलाई बेहुलाका अभिभावकको जिम्मा लगाएर पठाइएको छ