नारायणी उपक्षेत्रीय अस्पतालमा किलिया सेवा प्रारम्भ

बीरगंज , २२ वैशाख । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आजदेखि ‘किलिया एनलाइजर’ सेवा सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले आज सो सेवाको शुभारम्भ गर्नुभयो । उपक्षेत्रीय अस्पताल विकास समितिले रु ४० लाखको लागतमा केमो लिमिनिसनस इमोनोएसे मेसिन जडान गरेपछि अस्पतालले किलिया सेवा सुरु गरेको हो ।
प्रयोगशालामा जडान गरिएको सो उपकरणका माध्यमले नसर्ने रोग परीक्षण गरी बिरामीलाई रोग लाग्नुअघि नै रोगका बारेमा जानकारी दिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चितरङ्जन साहले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको विशेष पहलमा सो मेसिन जडान गरिएको हो । उच्च रक्तचाप, हाइपरटेन्सन, क्यान्सरलगायत रोगबारे किलिया विधिबाट बिरामीको रगत परीक्षण गरी पत्ता लगाउन सकिने साहले बताउनुभयो ।
अस्पतालले प्रारम्भ गरेको उक्त सेवाबाट बाझोपन, थाइराइड, हार्मोन, ट्युमरलगायत एक सय २० प्रकृतिका रोगको परीक्षण गर्न सकिने छ ।