बढ्दो सवारी चापले यात्रुलाई सास्ती

24

वीरगंज, २२ बैशाख ।
वीरगंजमा बढ्दो सवारी चापका कारण यात्रुहरुलाई सास्ती व्यहोर्नु परिरहेको छ । वीरगंजमा रहेको सांघुरो सडक, अव्यवस्थित सवारी पार्कि· र जथाभावी ठेला रिक्सा राखी दिनाले दिनहु सडक जाम हुने तथा यात्रुहरुलाई सास्ती हुने गरेको छ ।
खास गरेर वीरगंजको घण्टाघरदेखि आदर्शनगर चौकसम्म बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म सवारी चापले गर्दा सडक जाम हुने गरेको छ । वैकल्पिक सडकको अभाव र सवारी नियमको पालना राम्रोसंग नगरिने कारणले गर्दा जामको समस्या हुदै अँएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी ढल निर्माणको लागि कैयौ स्थानमा सडक खन्ने काम भएको कारण सो सडकको चाप पनि सिमित सडकमा परेको कारण जाम हुने गरेको छ ।

https://ankushdaily.com/