बागवान्नाका पूर्व गाविस अध्यक्ष बृजमोहन चौधरी फोरममा प्रवेश

45

वीरगन्ज, २२ बैशाख । बागवना गाविसका पुर्व अध्यक्ष बृजमोहन चौधरी सहित नेकपा एमाले र नेपाली काँग्रैसका गरि ६० जना स्थानीय नेता कार्यकर्ता पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका छन् । साबिक पर्साको बागवानाको गोडपसरा गाँउमा शुत्रवार संघीय समाजवादी फोरम नेपालको पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश भएको छ । कार्यक्रममा किशोर चोधरी , लालबाबु धामी , महेन्द्र ओझा , जय नारायण चौधरी , लक्ष्मण खाँ थारु , प्रदेशी राउत , योगेन्द्र ओझा लगायत ६० जना नवप्रवेशीहरुलाइ फोरम नेपालका केन्द्रिय सदस्य एंव पुर्व मन्त्री मोहनलाल चौधरी र जिल्ला अध्यक्ष प्रदीप यादवले अबीर टिका लगाएर पार्टीमा स्वागत गर्नु भयो । कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य मोहनलाल चौधरी , सल्लाहकार नागेन्द्र यादव , जिल्ला सहचिव बालेश्वर गौरो , जिल्ला सदस्य राम बढाइ यादव लगायतकाले पनि मन्तव्य व्यक्त गरेका थिए । पर्सामा समाजवादी फोरम प्रवेशको लहर चलेको जिल्ला सचिव बालेश्वर गौरोले बताए ।

https://ankushdaily.com/