Home राजनीति संघीय गठवन्धनको उपेन्द्र यादवलाई अध्यक्षबाट हटाइयो, अब अध्यक्ष महन्थ ठाकुर

संघीय गठवन्धनको उपेन्द्र यादवलाई अध्यक्षबाट हटाइयो, अब अध्यक्ष महन्थ ठाकुर

by अंकुश दैनिक
0 views

२३ बैशाख, काठमाडौं । थठबन्धनलाई धोका दिएको भन्दै संघीय गठवन्धनले अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवलाई गठवन्धनको अध्यक्षबाट हटाइएको छ र राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ ।

मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ ।
मधेसी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरु विर्सजन गर्दै यादव आत्मसमर्पणको कित्तामा गएको भन्दै गठबन्धनले भनेको छ, ‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ ।’
राजपा नेपालको कार्यालयमा बसेको बैठकले आफ्ना मुद्दाहरुलाई निष्कर्षमा र्पुयाउन र संघर्षका कार्यक्रम अगाडि बढाउन भन्दै महन्थ ठाकुरलाई संयोजक चयन गरेको छ ।
साथै तत्काल संविधान संशोधन गरेर चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । अन्यथा आन्दोलनका कार्यक्रम घोषणा गर्ने उसको चेतावनी छ ।
उपेन्द्र यादवको पार्टीले पहिलो चरणको निर्वाचनमा भाग लिए देखि गठबन्धनले असंतुष्टि जनाउदै आएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.