दुई पटकको म्याद वित्दा समेत ९५ प्रतिशतले बुझाएनन् हतियार, इजाजत प्राप्त हतियारबाटै निर्वाचनमा सुरक्षा चुनौतिको सम्भावना
बिजय चौहान, वीरगन्ज,२३ बैशाख । पर्सामा इजाजत प्राप्त हतियारबाट आसन्न स्थानिय तह निर्वाचमा सुरक्षा चुनौति थपिने सम्भावना बढ्दै गएको छ । सरकारबाट इजाजत लिई राखिएका हतियार प्रहरी कार्यालयमा जम्मा गराउन स्थानिय प्रशासनले सुचना आह्वान गरेको म्याद समाप्त भएपनि सर्वसाधारले हतियार जम्मा नगराउदा स्थानिय तह निर्वाचनका क्रममा सुरक्षा चुनौति थपिने सम्भावनालाई बढाएको हो । पर्सा जिल्लामा कुल ७ सय ७२ वटा इजाजत प्राप्त हतियार व्याक्तिको प्रयोगमा रहेको भएपनि बैशाख २२ गते सम्म जिल्ला प्रहरी कार्यालयमा ३८ थान मात्र हतियार सबन्धित हतियारधनीले बुझाएका छन् ।
पर्सामा इजाजत प्राप्त बन्दुक र पेस्तोल गरि कुल सात सय ७२ वटा हतियार व्याक्तिको प्रयोगमा रहेका छन् । ती मध्ये १२ बोरको बन्दुक पा“च सय ८२ थान , २२ बोरको बन्दुक एक सय सात थान , भरुवा बन्दुक एक थान , हावादारी (एरगन)बन्दुक १६ थान , पेस्तोल ११ थान , रिभल्बर दुई थान र अन्य विभिन्न थरिका बन्दुक ५३ थान व्याक्तिको प्रयोगमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
सुरक्षाका दृष्टीले सम्बेदनशिल मानिएका तराईका आठ जिल्ला मध्ये पर्ने पर्सा जिल्लामा निर्वाचको क्रममा हतियार व्यक्तिको घरमा हुनुले सुरक्षा चुनौतिलाई बढाएको जिल्ला प्रहरी कार्यालय पार्सका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले बताउनु भयो । उहा“ले गत चैत्र ३ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले पहिलो पटकका लागि २०७३ साल फागुन २० गते देखी चैत्र ३० गते सम्म र दोस्रो पटकका लागि बैशाख ९ गते देखी १५ गते सम्म हतियार बुझाउन म्याद दिएपनि जिल्ला प्रहरी कार्यालय पर्सा र मातहका चौकीमा गरी मात्र ३८ थान हतियार जम्मा भएको जानकारी दिनुभयो ।
सर्वसाधारणले जम्मा गरेका हतियारमा २२ बोरको दुई नाले बन्दुक १८ थान, २२ बोरकै एक नाले बन्दुक १३ थान टु टु राइफल ६ थान र हवाई बन्दुक(एरगन) एक थान जम्मा गराईएको प्रवक्ता जोशीले बताउनुभयो ।
प्रहरीमा नबुझाइएका इजाजत प्राप्त हतियारहरु आसन्न चुनावका लागि ठुलै चुनौतीको विषय बन्न सक्ने पर्साका प्रमुख जिल्ला अधिकारी केवशराज घिमिरेले बताउनु भयो । उहा“ले हतियार बुझाउन दुई पटक म्याद दिइएको र दुई वटै म्याद वितेपनि अझै सात सय ४३ थान हतियार व्यक्तिकै नियन्त्रणमा रहेकाले सुरक्षा सुनौतिलाई बढाएको प्रतिकृया दिनु भयो ।
नेपाल सरकारबाट इजाजत प्राप्त हितयारलाई प्रहरी कार्यालयमा बुझाउन अन्तिम पटकका लागि बैशाख २४ गते देखी १० दिनका लागि म्याद दिने तयारीमा जिल्ला प्रसाशन कार्यालय रहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । आईतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बस्ने सुरक्षासमितिको बैठकले अन्तिम पटककोलागि हतियार बुझाउने दश दिनका लागि म्याद दिने र अन्तिम पटकको म्याद भित्र समेत हतियार प्रहरी कार्यालयमा नबुझाए प्रचलित कानुन अनुसार कार्यवाही प्रकृया अगाडी बढाइने प्रजिअ घिमिरेले बताउनु भयो ।
दुई दुई पटक सुचना आह्वान गर्दा समेत ५ प्रतिशत मात्र हतियार जम्मा हुनुले आफुहरुलाई चिन्तित बनाएको बताउदै प्रजिअ घिमिरेले अन्तिम म्यादमा समेत हतियार नबुझउनेलाई हात हतियार खर खजाना ऐन २०१९ अनुसार कार्यवाही गरिने जानकारी दिनुभयो ।
निर्वाचन आचारसंहिता लागेपछि स्थानिय प्रशासनले व्यक्तिको नाममा दर्ता रहेको हतियार बुझाउन दिएको म्याद भित्र हतियार जम्मा नगरे र पछि प्रहरीले हतियार सार्वजनिक स्थान वा व्यक्तिको हातबाट बरामद गरेको खण्डमा हात हतियार खरखजाना ऐन २०१९ को दफा २० को उपदफा २ को ग बमोजिम ३ वर्ष देखी ५ वर्ष सम्म कैद वा ६० हजार देखी एक लाख रुपैया“ सम्म जरिवाना वा दुवै कैद सजाय हुन सकिने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।