योग दिवसको अवसरमा आयुर्वेद शिक्षा कार्यक्रम

13

बीरगंज, २३ बैशाख । तेश्रो अन्तराष्ट्रिय योग दिवसको अवसरमा पर्सा जिल्लाका विभिन्न छ वटा माध्यमीक विद्यालयहरु मा आयोजना गरिएको ५ दिने विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम अन्तर्गत श्रीपुर स्थीत रहेको सेन्टजेवियर्स मा. वि. मा आयुर्वेद शिक्षा सम्पन्न भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्सा तथा वीरगंजस्थीत भारतीय महावाणिज्य दुतावस को संयुक्त आयोजनामा बि.उ.म.न.पा १४ श्रीपुर स्थीत रहेको सेन्ट जेवियर्स माध्यमीक विद्यालय परिसरमा ५ दिने योग कार्यशील आज सम्पन्न भएको हो । बैशाख १७ गतेदेखी सञ्चालीत कार्यशालामा माध्यमीक तहका विद्यार्थीहरु लाई भारतीय महावाणिज्य दुतावासका योग शिक्षक रविशड्ढरमणि पाण्डेले प्रशिक्षण दिएका थिए ।