सभ्यता विवाह सेवा केन्द्र नामक संस्थाको उद्घाटन

45

बीरगंज, २३ बैशाख । सभ्यता विवाह सेवा केन्द्र नामक संस्थाको पर्सा धोबनी वडा नं ४ मा एक समारोह का बिच उद्धघाटन भएको छ । उद्धघाटन कार्यक्रम मा सभ्यता विवाह सेवा केन्द्र संस्थाका अध्यक्ष, हैदर मिया र उद्धघाटन कार्यक्रम मा प्रमुख अतिथी नेशनल मेडिकल कलेज का एम.डि बसरुद्दिन अन्सारी रहनु भएको थियो ।
सभ्यता विवाह सेवा केन्द्र नामक संस्था ले गरिब र असहाय परिवार का चेली बेटिहरु को विवाह मा आर्थिक समस्या र कुनै किसिम को विवाह गर्न समस्या परेको छ भने यस संस्थाले आफनै सेवा दि विवाह गराउने प्रतिबद्धता जाहेर गरेको छ । यस मानव सेवा धार्मीक संस्थामा हिन्दु र मुस्लिम समुदाय का दुबै जातका प्रतिनिधित्व गरि सामुहिक विवाह गराउने र विवाह को क्रममा मुस्लिम सामुदाय ले एउटै स्थानमा धार्मीक गुरु (मौलना) राखी निकाह गराउने हुन्छ भने अर्काे तर्पm हिन्दूहरु विवाह मण्डप बनाई पुजारीेले विवाह गराउने छ भन्ने जानकारी सभ्यता विवाह सेवा केन्द्र संस्थाका अध्यक्ष मियाले बताउनु भएको छ । उद्धघाटन कार्यक्रम मा सभ्यता विवाह सेवा केन्द्र का अध्यक्ष हैदर मिया, नेशनल मेडिकल कलेज का एम.डि बसरुद्दिन अन्सारी, पत्रकार नेहाल खान, मौलाना नुरुल होदा, निजामुद्दिन समानी, धर्मेन्द्र पटेल, सराज कुमार चौधरी, मसरिफ मिया अन्सारी, देवानन्द साह कानु, सुरेश साह कानु, सलाउद्दिन अहमद, रामेश्वर प्रसाद तेली, रहमान मिया, प्रकाश थारु एवं संस्थाका अनखल अन्सारी, सोयब अन्सारी ,नरेश पंडित, संतोश चौधरी, अस्मिता देवी, सरस्वती देवी, र मुबारक हुुसैन लगायत को उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/