अढाई लाखको चा“दीका गहना सहित कारोवारी पक्राउ

12

वीरगन्ज,२४ बैशाख ।  भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएको अढाई लाख रुपैया मुल्य बराबरको का गहना सहित आइतबार एक युवकलाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिको वडा नम्बर १६ बाट आज अपराहन्न शसस्त्र प्रहरी टोलीले ५ किलो ८६ ग्राम तौलको चा“दीका गहना सहित वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १८ निवासी सन्दिप कुमार साहलाई पक्राउ गरेको हो ।
ना ४३ प ५०२ नम्बरको मोटरसाइकमा लोडगरी अबैध चा“दीका गहना नेपाल भित्र्याउन लागेको सुचनाका आधारमा साहलाई रोकी चेकजा“च गर्दा उक्त तौल बराबरको चा“दीका पाउजु(गहना) बरामद भएपछि आवश्यक अनुशन्धानका लागि नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी राजश्व गस्ति टोली वीरगन्ज भन्सार कार्यालयका प्रमुख शसस्त्र प्रहरी नायब उपरिक्षक शुशिल सुबेदीले जानकारी दिनुभयो । उहा“ले बरामद गरिएको चा“दीका गहना, मोटरसाईक र पक्राउ परेका कारोवारी साहलाई आवश्यक कार्यवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा आजै बुझाइएको बताउनु भयो ।